काभा महिला नेसन्स लिग भलिबल प्रतियोगितामा उपविजेता बनेका नेपाली महिला खेलाडीलाई जनही ३ लाख रुपैयाँ पुरस्कार दिन राष्ट्रिय खेलकुद परिषदले सिफारिस गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद्को साउन २५ गते बसेको बैठकले १४ खेलाडीलाई जनही ३ लाख, प्रशिक्षकलाई २ लाख, र सहायक प्रशिक्षक, व्यवस्थापक तथा फीजियोलाई जनही १ लाख २० हजार रुपैयाँ नगद पुरस्कार सिफारिस गरेको हो ।
प्रतियोगितामा नेपालले श्रीलंका, माल्दिभ्स, र भारतलाई हराउँदै सेमिफाइनलमा इरानलाई पराजित गरेको थियो। फाइनलमा भारतसँग पराजित भएपछि नेपाल उपविजेता बनेको थियो ।