नेपाल सरकारका माननीय खानेपानी मन्त्री प्रदीप यादव र युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरीसँग भेटघाट गरेको छ ।
भेटका क्रममा मन्त्री यादवले वीरगञ्जस्थित नारायणी रङ्गशालाको जीर्णोद्धार र पुनर्निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गर्न विशेष प्याकेज ल्याउन आग्रह गरेका छन् ।
मङ्गलवार पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंहको टोलीसहित युवा तथा खेलकुद मन्त्रालय पुग्नुभएका मन्त्री यादवले नारायणी रङ्गशालाको गौरवशाली इतिहास र महत्त्वलाई जोड दिँदै यसको जीर्णोद्धारको लागि शीघ्र कदम चाल्न आग्रह गरेका छन् ।
मन्त्री यादवले यस विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीसँग छलफल गरी बजेट व्यवस्थापनको पहल गर्ने बताएका छन्। रङ्गशालाको पुनर्निर्माणले स्थानीय खेलकुद गतिविधि प्रवर्द्धन गर्न र खेलकुद पर्यटनको विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।