साफ यू-२० च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्नेछ।
खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरू हुनेछ । नेपालका लागि यो समूह चरणको दोस्रो खेल हो । पहिलो खेलमा नेपालले श्रीलंकालाई १-० गोलले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ। आजको खेल जितेमा नेपाल समूह विजेता बनेर सेमिफाइनल प्रवेश गर्नेछ ।
बंगलादेशले पनि श्रीलंकालाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ । प्रतियोगिताको सेमिफाइनल खेलहरू आइतबार र सोमबार हुनेछन् भने फाइनल खेल बुधबार हुनेछ ।