निजगढ फूटबल क्लब पाँचौं परवानीपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा एन्फा मकवानपुरलाई २–१ ले पराजित गर्दै निजगढले उपाधि नजिक पुगेको हो ।
मकवानपुरका अभिषेक कुमारले खेलको १४ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर ३९औं मिनेटमा सन्तबहादुर गुरुङले बराबरी गोल फर्काए । त्यसपछि ६५ औं मिनेटमा सन्तबहादुरले नै निर्णायक गोल गर्दै निजगढलाई जित दिलाए ।
उनी खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए र दुई हजार एक सय रुपैयाँ नगदसहित पुरस्कृत भए ।
निजगढले अब शनिबार हुने फाइनलमा आयोजक टोलीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ र उपविजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् ।