चालु आर्थिक वर्षको पहिलो नौ महिनामा पेट्रोलियम पदार्थ आयातबाट ६० अर्ब ३८ करोड रुपैयाँ राजश्व संकलन भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ५७ अर्ब ५३ करोड रुपैयाँ राजश्व प्राप्त भएको थियो ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार उक्त अवधिमा वीरगञ्ज नाकाबाट १ खर्ब ४८ अर्ब १६ करोड रुपैयाँ बराबरका पाँच प्रकारका पेट्रोलियम पदार्थ आयात गरिएको छ । यसबाट प्राप्त राजश्व राज्यकोषमा दाखिला गरिएको उनले जानकारी दिए ।
आयात विवरणअनुसार सो अवधिमा ८ लाख ८ हजार ७ सय ४५ किलोलिटर डिजेल, ३ लाख ५९ हजार ८ सय ४६ किलोलिटर पेट्रोल तथा २२ करोड ४८ लाख ७५ हजार २ सय ६६ किलोग्राम एलपी ग्यास आयात गरिएको छ ।