आजदेखि सुरु भएको ICC Cricket World Cup League 2 अन्तर्गतको खेलमा नेपाल राष्ट्रिय क्रिकेट टोली ले संयुक्त अरब इमिरेट्स राष्ट्रिय क्रिकेट टोली लाई २०१ रनको लक्ष्य दिएको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान मा भएको टसमा युएईका कप्तान मोहम्मद वासिम ले टस जितेर पहिले बलिङ रोजेपछि नेपालले ब्याटिङ गरेको हो ।
अङ्कतालिकाअनुसार नेपाल २० खेलमा ५ जित, १३ हार र २ खेल नतिजाविहीन हुँदै १२ अङ्कका साथ सातौँ स्थानमा रहेको छ । युएई भने १० अङ्कसहित अन्तिम स्थानमा छ । प्रतियोगितामा कुल ८ टोली सहभागी छन् ।
नेपालको टोलीमा कुशल भुर्तेल, आसिफ शेख ( विकेटकिपर ), भीम शार्की, कप्तान रोहित कुमार पौडेल, बसिर अहमद, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित नारायण राजवंशी रहेका छन् ।
त्यसैगरी, युएई टोलीमा आर्यंश शर्मा (विकेटकिपर), आदिब उस्मानी, मुहम्मद शाहदाद, हरप्रीत भाटिया, अशदीप नाथ, कप्तान मोहम्मद वासिम, सोहेल खान, खुजैमा बिन तानविर, मुहम्मद जुबैयर, जुनैद सिद्दिकी र मुहम्मद जवादुल्लाह रहेका छन् ।