ट्याक्टरको ठक्करबाट सर्लाहीमा एक बालिकाको मृत्यु भएको छ भने उनका बुवा गम्भीर घाइते भएका छन् ।
शुक्रबार साँझ लालबन्दी नगरपालिका–४ हरिवभवन क्षेत्रमा भएको दुर्घटनामा साइकलमा सवार ६ वर्षीया अन्सु भट्टराईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाही ले जनाएको छ ।
मृतक अन्सु लालबन्दी नगरपालिका–९ निवासी सन्तोष भट्टराईकी छोरी हुन् ।
प्रहरीका अनुसार हरिपुरबाट लालबन्दीतर्फ आउँदै गरेको ना.५ त ३११३ नम्बरको ट्याक्टरले सोही दिशामा अघि बढिरहेको साइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा साइकल चालक सन्तोष भट्टराई गम्भीर घाइते भएका छन् । उनको मोडेल अस्पताल मा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दी ले जनाएको छ ।
दुर्घटनापछि ट्याक्टर चालक लालबन्दी–१७ निवासी ५० वर्षीय दुर्गामान थोकरलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ ।