आजभोलि बजारमा पाइने फलफूल बाहिरबाट निकै आकर्षक देखिए पनि तिनको शुद्धता र सुरक्षामाथि प्रश्न उठ्ने गरेका छन् ।
विशेषगरी स्वास्थ्यका लागि लाभदायक मानिने स्याउ अहिले केमिकल र मैन प्रयोगका कारण चर्चामा छ । ‘दिनको एउटा स्याउ खाऔँ, डाक्टरलाई टाढा भगाऔँ’ भन्ने उखान त्यतिबेला मात्र सार्थक हुन्छ, जब स्याउ प्राकृतिक र सुरक्षित हुन्छ । बजारमा पाइने धेरैजसो राता र चम्किला स्याउमा कृत्रिम मैन, केमिकल पालिस वा दीर्घकालसम्म ताजा देखाउन हानिकारक पदार्थ प्रयोग गरिएको हुन सक्छ, जसले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । प्राकृतिक वा स्थानीय स्याउ भने सामान्यतया कम चम्किला देखिए पनि तुलनात्मक रूपमा सुरक्षित र पौष्टिक मानिन्छन् ।
कसरी चिन्ने केमिकल वा मैन लगाइएको स्याउ ?
धेरै चम्किलो स्याउमा प्रायः मैन कोट गरिएको हुन्छ हातले रगड्दा चिल्लो महसुस हुनु वा सेतो पत्र देखिनु मनतातो पानीमा डुबाउँदा सतहमा सेतो तह तैरिनु सुगन्ध कम हुनु तथा स्वाद कृत्रिमजस्तो लाग्नु काट्दा भित्र अस्वाभाविक रूपमा अत्यधिक चम्किलो देखिनु
सुरक्षित रूपमा स्याउ खाने उपाय, सधैं स्याउ राम्रोसँग पखालेर मात्र खानु मनतातो पानीमा नुन वा बेकिङ सोडा मिसाएर धुनु मैनको शंका भएमा बोक्रा ताछेर खानु सकेसम्म स्थानीय र ताजा स्याउ रोज्नु
स्वास्थ्यलाई ध्यानमा राख्दै स्याउ किन्ने र खाने क्रममा सावधानी अपनाउनु आवश्यक रहेको विज्ञहरू बताउँछन् ।