पर्सामा शिक्षकहरूको जिल्लान्तर सरुवामा माेटाे रकम लिएर सूचना लुकाउने र सरूवा गर्ने गरेकाे खुलेकाे छ ।
शिक्षा विकास तथा समन्वय इकाई पर्सामा मावि शिक्षक १ जना, निमावि २ जना र प्रावि २ जना गरी जम्मा ५ वटा सरुवा सम्बन्धी फाइल पेश भएकोमा अधिकांश सरुवामा प्रक्रिया मिचिर प्रकृया अगाडि बढाएकाे छ ।
शिक्षा विकास तथा समन्वय इकाई पर्साकाे समाजिक सञ्जाल, सम्बन्धीत विधालय र शिक्षा मन्त्रालयमा समेत आवश्यक सूचना सार्वजनिक गर्नुपर्ने प्रावधान रहेकाे छ । तर शिक्षा विकास तथा समन्वय इकाई पर्साले प्रावि तहको सूचना मात्र उसकाे फेसबुक पेजमा सार्वजनिक गरेका छन् । भने निमावि र माविकाे गरेकाे छैन् ।
शिक्षक सरुवा सम्बन्धी निर्देशिका २०८१ अनुसार रिक्त दरबन्दीमा सरुवाका लागि सम्बन्धित विद्यालय, पालिका, शिक्षा विकास तथा समन्वय इकाई र शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी, भक्तपुरमा अनिवार्य रूपमा सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था छ । तर सूचना लुकाएर माेटाे रकमकाे चलखेलमा सेटिङकाे अधारमा मावि र निमावि तहमा एक–एक जनाको मात्र पर्नेगरी गाेप्य रूपमा सरूवा मिलाएकाे देखिन्छ ।
सूचना सार्वजनिक नगर्दा मावि र निमावि तहमा मात्र एक–एक जनाको निवेदन परेको शिक्षा विकास तथा समन्वय इकाई पर्साले जनाएकाे छ । सूचना खुला गरिएको भए धेरै शिक्षकहरूले आवेदन दिन सक्ने र वरिष्ठताका आधारमा निष्पक्ष सरुवा हुने सम्भावना रहेपनी सूचना लुकाएर सेटिङकाे अधारमा राखिन लागेकाे स्राेतले जनाएकाे छ ।
यसैबीच, इकाईले पछि “दाबी–विरोध” को सूचना निकालेको भए पनि प्रारम्भिक सूचना नै सार्वजनिक नगरिएको अवस्थामा यसको औचित्यमाथि प्रश्न उठेको छ । पुस २१, २३ र २९ गते गरिएको जिल्लान्तर सरुवाको विवरणसमेत शिक्षा विकास तथा समन्वय इकाई पर्साले सार्वजनिक गरेका छैन्न ।
अर्कोतर्फ, कर्मचारी मिलेमतोमार्फत सरुवा प्रक्रिया प्रभावित बनाइएको समेत फेला परेकाे छ । केही शिक्षकहरूलाई पहाडी जिल्लामा सरुवा गराउने र तराईका जिल्लाबाट मनपरी रूपमा रकम लिइ शिक्षक ल्याउने कार्य भइरहेको स्राेतले जनाएकाे छ । स्राेतका अनुसार सूचना लुकाए वापत जयराम मण्डललाई केही रकम खुवाएर सूचना प्रकाशन नगराउने गरेकाे र मिलाेमताेमा सरूवाकाे काम गर्ने गरेकाे जनाएकाे छ ।
त्यसैगरी, शिक्षा विकास तथा समन्वय इकाई पर्साका कर्मचारीहरू माथि आर्थिक अनियमितताको आरोप समेत लागेको छ । कार्यालय स्रोतका अनुसार बन्द अवस्थामा रहेका सवारी साधनको तेल खर्च देखाएर बिल बनाउने, मर्मत तथा टिएडिए खर्चमा अनियमितता गर्ने, दर्ता चलानीमा नम्बर छुटाउने तथा अभिलेख लुकाउने जस्ता कार्य गरि रहेको बाहिरिएकाे छ ।
यसै क्रममा केही सरुवा फाइलहरू, बस्डिलवा, ठोरी गाउँपालिका र पकहामैनपुर गाउँपालिका सम्बन्धीका फाइलहरू समेत माेटाे रकम लिएर सरूवा गर्ने प्रक्रियामा रहेको स्राेतले जनाएकाे छ ।
यसबारे शिक्षा विकास तथा समन्वय इकाई पर्साका प्रमुख माेति प्रसाद भट्टराईले नियमावलि अनुसार काम गर्ने गरेकाे बताए । उनले सूचना लुकाउने भन्दा यस विषयमा बुझेर बताउने बताए ।