वीरगंजस्थित हरिखेतान बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख किशोरी रायमाथि कालोमोसो दलिएको छ ।
क्याम्पसलाई निजीकरण गर्न खेतान परिवार निकट स्वार्थ समूहले विधान संशोधनको प्रयास गरेको आरोप लगाउँदै विभिन्न मागसहित लामो समयदेखि क्याम्पसभित्र धर्ना जारी रहेको थियो । सोही क्रममा धर्नामा सहभागी पाँच जना प्राध्यापकलाई निष्कासन गरिएको विरोधमा विद्यार्थी, कर्मचारी तथा प्राध्यापकहरूले आन्दोलन चर्काएका हुन् ।
आन्दोलित पक्षले क्याम्पस प्रमुख किशोरी रायलाई कार्यालय परिसरमै तछाडमछाड गर्दै कालोमोसो दलेका छन् । घटनापछि क्याम्पस परिसरको अवस्था तनावग्रस्त बनेको थियाे । आन्दोलनरत पक्षले निष्कासित प्राध्यापकहरूको पुनर्बहाली तथा क्याम्पसको निजीकरण प्रयास रोक्न माग गरेका छन् ।
यता प्रधानाध्यापक क्याम्पसका क्याम्पस प्रमुख किशोरी रायमाथि कालोमोसो दलेकाे आरोपमा २ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको जनाएकाे छ ।