प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । बुधबार बिहान ११ बजेका लागि बोलाइएको बैठक करिब १५ मिनेट ढिलो गरी सुरु भएको हो ।
बैठक सुरु हुनेबित्तिकै श्रम संस्कृति पार्टीका सांसदहरूले प्लेकार्ड प्रदर्शन गर्दै विरोध जनाएपछि बैठकमा केही समय अवरोध सिर्जना भएको थियो ।
यस क्रममा सभामुख डिपी अर्यालले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ३० स्मरण गराउँदै सांसदहरूलाई चेतावनी दिनुभएको छ । उहाँले बैठकको मर्यादा कायम राख्न र नियमअनुसार प्रस्तुत हुन आग्रह गर्नुभएको हो ।