गायत्री इन्टरटेन्मेन्ट एण्ड म्यानेजमेन्ट सर्भिसेजद्वारा आयोजित वीरगंज स्कुल आइडल अडिसन सम्पन्न भएको छ ।
वीरगंज पब्लिक कलेजको पुरानो भवन, पानीटंकीमा सम्पन्न अडिसनमा २३० जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए, जसबाट ५३ जना प्रतियोगी छनोट भएका छन् ।
गायक सद्दाम हुसेनको संयोजकत्वमा भएको अडिसनमा वीरगंज वरपरका २५ वटा निजी तथा सरकारी विद्यालयका विद्यार्थीहरूले भाग लिएका थिए । आयोजक संस्थाका अनुसार प्रतियोगिता तीन चरणमा सम्पन्न हुनेछ।
पहिलो चरण अडिसनपछि गला राउन्ड र अन्तिममा फाइनल चरण हुनेछ । प्रतियोगिताका सबै चरणहरू माई टेलिभिजनमा प्रसारण गरिने छ भने अन्तिम प्रतिस्पर्धा माई टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने छ । यो प्रतियोगिताले नयाँ प्रतिभा उत्पादन गर्न र क्षमता भएका विद्यार्थीहरूलाई गायन क्षेत्रमा अघि बढ्न मद्दत पुर्याउने उद्देश्य राखेको छ ।
प्रतियोगितामा विजयी हुनेलाई आकर्षक पुरस्कार र ट्रफी प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।