वीरगञ्ज महानगरपालिका–२५ स्थित आई.सि.पी. चोकमा बिजकभन्दा बढीका कस्मेटिक लगायतका सामान लोड गरिएको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिइएको छ ।
राजस्व छलीको आशङ्कामा ट्रकलाई नियन्त्रणमा लिएको हो । बा ३ ख ९८४५ नम्बरको वीरगञ्जबाट काठमाडौँ तर्फ जाँदै गरेको मालबाहक ट्रकमा लोड रहेको सामानको बिल बिजकभन्दा बढी परिमाणमा कस्मेटिक लगायतका मालवस्तु फेला परेकाले नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।
उक्त ट्रकमा लोड गरिएको ५८ लाख ८६ हजार ३० रुपैयाँ बराबरकाे कस्मेटिक लगायतका मालवस्तुहरू नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको पर्सा प्रहरीले जनाएको छ ।