बाराको प्रसौनी गाउँपालिका–६ का वडा अध्यक्ष बृजकिशोर कुशवाहा पक्राउ परेका छन् ।
उनीमाथि अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता भएपछि जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीका आधारमा प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले ३७ वर्षीय कुशवाहालाई कलैया उपमहानगरपालिका–२३ बरैटपुरस्थित आफ्नै निवासबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी मीनबहादुर घलेका अभद्र व्यवहार सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन वडा अध्यक्ष कुशवाहालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको जानकारी दिनुभयो ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।