शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #स्वास्थ्य चौकी
  • #प्रहरी निरीक्षक
  • #इन्स्पेक्टर
  • #फेटा घटना
  • #सरकारी कर्मचारीको उद्धार
  • #३८ कर्मचारी
  • #प्रहरीको गोली
  • #वीरगञ्ज समाचार
  • #श्रद्धाञ्जली
यहाँ खोज्नुहोस्
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • वीरगंजका उद्योगीलाई सरकारको राहत, कर छुट र अनुदानको व्यवस्था
वीरगंजका उद्योगीलाई सरकारको राहत, कर छुट र अनुदानको व्यवस्था
वीरगंज सिटी
वीरगंज सिटी बिहीबार, मंसिर १०, २०८३
A1 Beakery Add A1 Beakery Add

वीरगंज महानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका लघु, घरेलु तथा साना उद्योगको दर्ता, सञ्चालन र नियमनलाई व्यवस्थित गर्दै स्थानीय उद्योग प्रवर्द्धनका लागि नयाँ कानुनी व्यवस्था लागू गरेको छ ।

महानगरपालिकाले ‘उद्योग दर्ता, सञ्चालन, व्यवस्थापन र नियमन सम्बन्धी ऐन, २०८३’ तथा त्यसको कार्यान्वयनका लागि नियमावली ल्याएको हो । नयाँ ऐनले उद्योग दर्तादेखि नवीकरण, अनुगमन र खारेजीसम्मका प्रक्रियालाई व्यवस्थित गर्नुका साथै उद्योगीलाई कर छुट, अनुदान र विभिन्न सहुलियत उपलब्ध गराउने व्यवस्था गरेको छ ।

वीरगंजलाई आर्थिक नगरीका रूपमा चिनिँदै आएको उल्लेख गर्दै महानगर प्रमुख राजेशमान सिंहले ठूला उद्योग तथा कलकारखानासँगै ठूलो संख्यामा घरेलु र साना उद्योगसमेत सञ्चालनमा रहेकाले तिनलाई व्यवस्थित गर्न नयाँ कानुन आवश्यक भएको बताउनुभयो ।

उद्योगलाई नियमनका नाममा असहज बनाउने नभई कानुनी सुरक्षा, सुविधा र प्रोत्साहन प्रदान गर्दै व्यवसायलाई थप बलियो बनाउने उद्देश्यले ऐन ल्याइएको उहाँको भनाइ छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले दिएको अधिकार प्रयोग गरी ल्याइएको नयाँ व्यवस्थाअनुसार महानगरभित्र सञ्चालन हुने स्थानीय उद्योग अनिवार्य रूपमा दर्ता हुनुपर्नेछ । आवश्यक कागजातसहित निवेदन प्राप्त भएपछि जाँचबुझ गरी प्रक्रिया पूरा भएको अवस्थामा १५ दिनभित्र उद्योग दर्ता प्रमाणपत्र उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।

यसअघि प्रचलित कानुनअनुसार दर्ता भएर सञ्चालनमा रहेका उद्योगले समेत ऐन लागू भएको छ महिनाभित्र महानगरपालिकामा आफ्नो अभिलेख अद्यावधिक गर्नुपर्नेछ ।

महिला, दलित र सीमान्तकृत समुदायका उद्योगलाई विशेष छुट

नयाँ ऐनले उद्योग प्रवर्द्धनका लागि विभिन्न कर छुट तथा सहुलियतको व्यवस्था गरेको छ । सूचना प्रविधि, सफ्टवेयर विकास तथा डिजिटल सेवासम्बन्धी उद्योग तोकिएको क्षेत्रमा स्थापना भए पाँच वर्षसम्म ५० प्रतिशत व्यवसाय कर छुट दिन सकिने प्रावधान राखिएको छ ।

त्यसैगरी, महिलाको पूर्ण स्वामित्वमा रहेका तथा दलित, सीमान्तकृत र अपाङ्गता भएका व्यक्तिले सञ्चालन गरेका उद्योगलाई दर्ता शुल्कमा ५० प्रतिशत छुट र व्यवसाय करमा तीन वर्षसम्म १५ प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।

घरेलु तथा साना उद्योगलाई समेत व्यवसाय करमा छुट उपलब्ध गराउन सकिने ऐनमा उल्लेख छ । सहकारी, लघु, घरेलु तथा साना उद्योगलाई निर्धारित मापदण्डका आधारमा बीउ पुँजी अनुदान उपलब्ध गराउन सकिने व्यवस्था पनि ऐनमा समेटिएको छ।

उद्योग स्थापनाका लागि जग्गादेखि अनुदानसम्म सहजीकरण

उद्योग स्थापना गर्न जग्गा खरिदमा कठिनाइ भए महानगरपालिकाले आवश्यक समन्वय र सहजीकरण गर्नेछ। राष्ट्रिय तथा स्थानीय प्राथमिकतामा परेका उद्योगलाई सरकारी जग्गा भाडामा उपलब्ध गराउने प्रक्रियामा समेत महानगरले सहजीकरण गर्न सक्ने व्यवस्था गरिएको छ।

उद्योग प्रवर्द्धन तथा लगानी विस्तारका लागि महानगर प्रमुखको अध्यक्षतामा स्थानीय उद्योग प्रवर्द्धन समिति गठन गरिनेछ। उद्योगीलाई दर्ता तथा अन्य प्रशासनिक प्रक्रियामा सहजता प्रदान गर्न एकद्वार सेवा केन्द्र स्थापना गर्ने व्यवस्था पनि ऐनमा छ।

त्यस्तै, उद्योग विकास, प्रविधि विस्तार, लगानी संरक्षण तथा रुग्ण उद्योगको पुनःस्थापनाका लागि विभिन्न कोष स्थापना गर्न सकिने प्रावधान राखिएको छ।

औद्योगिक करिडोर र क्लस्टर निर्माणलाई प्राथमिकता

सार्वजनिक–निजी साझेदारीमा औद्योगिक करिडोर, औद्योगिक ग्राम तथा औद्योगिक क्लस्टर घोषणा गरी त्यस्ता क्षेत्रमा उद्योग स्थापना गर्ने व्यवसायीलाई थप सुविधा उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ।

यसबाट स्थानीय स्रोत, साधन र सम्भावनामा आधारित उद्योगको विकास तथा विस्तारमा सहयोग पुग्ने महानगरपालिकाको अपेक्षा छ।

वातावरणीय मापदण्ड पालना नगर्ने उद्योगमाथि अनुगमन

नयाँ ऐनले उद्योग दर्ता र सञ्चालनसँगै वातावरणीय दायित्वलाई समेत प्राथमिकता दिएको छ। प्रचलित कानुनअनुसार वातावरणीय अध्ययन आवश्यक पर्ने उद्योगले सम्बन्धित अध्ययनको स्वीकृति लिएपछि मात्रै स्थापना तथा सञ्चालन गर्नुपर्नेछ।

महानगरपालिकाले उद्योग दर्ताका क्रममा तोकिएका सर्त तथा प्रचलित कानुनी प्रावधान पालना भए–नभएको नियमित अनुगमन गर्ने व्यवस्था पनि गरेको छ।

महानगर प्रमुख सिंहले नयाँ कानुनी व्यवस्थाले उद्योगीलाई व्यवस्थित र सुरक्षित रूपमा व्यवसाय सञ्चालन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। उद्योगीलाई कानुनी दायरामा ल्याउनुको उद्देश्य निरुत्साहित गर्नु नभई आवश्यक सुविधा, सहुलियत र सहजीकरणमार्फत स्थानीय उद्योगको विकास तथा विस्तार गर्नु रहेको उहाँले बताउनुभयो।

नयाँ ऐन कार्यान्वयनसँगै वीरगन्जमा सञ्चालित लघु, घरेलु तथा साना उद्योगले दर्ता, कर छुट, अनुदान र प्रशासनिक सहजीकरणको सुविधा पाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: बिहीबार, मंसिर १०, २०८३  १४:१५
#वीरगंज महानगरपालिका #राजेशमान सिंह #सीमान्तकृत समुदाय #वीरगंज समाचार #पर्सा समाचार #मधेश समाचार #महिला उद्यमी #औद्योगिक करिडोर #उद्योग प्रवर्द्धन #औद्योगिक ग्राम #साना उद्योग #उद्योग दर्ता ऐन २०८३ #उद्योगीलाई कर छुट #उद्योग अनुदान #लघु उद्योग #घरेलु उद्योग #दलित उद्यमी #व्यवसाय कर छुट #बीउ पुँजी अनुदान #एकद्वार सेवा केन्द्र
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप स्थानीय
विजय सरावगीले रास्वपामा भित्र्याएका पूर्व तथा वर्तमान वडा अध्यक्ष एमालेको महानगर बैठकमा
विजय सरावगीले रास्वपामा भित्र्याएका पूर्व तथा वर्तमान वडा अध्यक्ष एमालेको महानगर बैठकमा बिहीबार, मंसिर १०, २०८३
कांग्रेस जीराभवानी गाउँपालिका सभापतिमा सरोज चौरसिया सर्वसम्मत निर्वाचित
कांग्रेस जीराभवानी गाउँपालिका सभापतिमा सरोज चौरसिया सर्वसम्मत निर्वाचित बिहीबार, मंसिर १०, २०८३
नेशनल मेडिकल कलेजको विवाद टुंगियो, आवासीय चिकित्सक र प्रशासनबीच सहमति
नेशनल मेडिकल कलेजको विवाद टुंगियो, आवासीय चिकित्सक र प्रशासनबीच सहमति बिहीबार, मंसिर १०, २०८३
पर्सामा मतदाता संख्या उल्लेख्य वृद्धि, २९ हजारभन्दा बढी नयाँ मतदाता थपिए
पर्सामा मतदाता संख्या उल्लेख्य वृद्धि, २९ हजारभन्दा बढी नयाँ मतदाता थपिए बिहीबार, मंसिर १०, २०८३
वन्यजन्तुको क्षतिपूर्तिमा वर्षेनि लाखौँ खर्च, मानव–वन्यजन्तु द्वन्द्व भने उस्तै
वन्यजन्तुको क्षतिपूर्तिमा वर्षेनि लाखौँ खर्च, मानव–वन्यजन्तु द्वन्द्व भने उस्तै बिहीबार, मंसिर १०, २०८३
विजय सरावगीको घरबाट बिचारी यादवको घरमा सर्‍यो एमाले महानगर कमिटीको बैठक
विजय सरावगीको घरबाट बिचारी यादवको घरमा सर्‍यो एमाले महानगर कमिटीको बैठक बुधबार, मंसिर ९, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
विमानस्थलबाट करिब ५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ
विमानस्थलबाट करिब ५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ वीरगंज सिटी
१४ वर्षीया सुत्केरी बालिकामाथि ससुराबाट बलात्कार, कुटपिट गर्ने श्रीमान् पनि पक्राउ
१४ वर्षीया सुत्केरी बालिकामाथि ससुराबाट बलात्कार, कुटपिट गर्ने श्रीमान् पनि पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
विजय सरावगीले रास्वपामा भित्र्याएका पूर्व तथा वर्तमान वडा अध्यक्ष एमालेको महानगर बैठकमा
विजय सरावगीले रास्वपामा भित्र्याएका पूर्व तथा वर्तमान वडा अध्यक्ष एमालेको महानगर बैठकमा वीरगंज सिटी
वीरगंजका उद्योगीलाई सरकारको राहत, कर छुट र अनुदानको व्यवस्था
वीरगंजका उद्योगीलाई सरकारको राहत, कर छुट र अनुदानको व्यवस्था वीरगंज सिटी
कांग्रेस जीराभवानी गाउँपालिका सभापतिमा सरोज चौरसिया सर्वसम्मत निर्वाचित
कांग्रेस जीराभवानी गाउँपालिका सभापतिमा सरोज चौरसिया सर्वसम्मत निर्वाचित वीरगंज सिटी
विशेष खोज
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन Exclusive !
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
हामीलाई भन्नुछ
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ?
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ? वीरगंज सिटी
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग वीरगंज सिटी
उद्यमी मञ्च
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा  एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10 वीरगंज सिटी
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
वीरगंज विशेष
आफन्तलाई ल्याउन वीरगंज महानगर शिक्षा शाखाको रातारात कसरत : चितवनबाट शिक्षिकाको जिल्लान्तर सरुवा
आफन्तलाई ल्याउन वीरगंज महानगर शिक्षा शाखाको रातारात कसरत : चितवनबाट शिक्षिकाको जिल्लान्तर सरुवा वीरगंज सिटी
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा वीरगंज सिटी
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
खेलकुद
महिला क्रिकेटमा लुम्बिनीलाई मधेशको झट्का, समूह चरणबाटै बाहिरियो
महिला क्रिकेटमा लुम्बिनीलाई मधेशको झट्का, समूह चरणबाटै बाहिरियो वीरगंज सिटी
राइजिङ स्टार्स एसिया कपबाट बाहिरियो नेपाल, पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित
राइजिङ स्टार्स एसिया कपबाट बाहिरियो नेपाल, पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र वीरगंज सिटी
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP