शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #२ अर्ब ३९ करोड
  • #सरकारी वकिल कार्यालय
  • #धरौटीमा रिहा
  • #कारागार चलान
  • #जिल्ला अदालत पर्सा
  • #सागरकुमार साह
  • #उपेन्द्रकुमार साह
  • #शंकास्पद वित्तीय कारोबार
  • #वित्तीय अपराध
यहाँ खोज्नुहोस्
your add here your add here
विश्व
  • गृहपृष्ठ
  • विश्व
  • एल निनो बलियो बन्दै : विश्वभर खडेरी, अत्यधिक वर्षा र गर्मीको लहरको जोखिम बढ्ने डब्ल्यूएमओको चेतावनी
एल निनो बलियो बन्दै : विश्वभर खडेरी, अत्यधिक वर्षा र गर्मीको लहरको जोखिम बढ्ने डब्ल्यूएमओको चेतावनी
वीरगंज सिटी
वीरगंज सिटी शनिबार, असार २०, २०८३
A1 Beakery Add A1 Beakery Add

काठमाडौं । संयुक्त राष्ट्रसंघअन्तर्गतको विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ) ले आगामी केही महिनाभित्र एल निनो प्रणाली तीव्र रूपमा बलियो हुने चेतावनी दिँदै विश्वका धेरै क्षेत्रमा खडेरी, अत्यधिक वर्षा, गर्मीको लहर तथा अन्य चरम मौसमीय घटनाको जोखिम उल्लेखनीय रूपमा बढ्ने जनाएको छ ।

संगठनले सम्भावित असर न्यूनीकरणका लागि सम्बन्धित देशहरूलाई तत्काल तयारी गर्न आग्रह गरेको छ । डब्ल्यूएमओले सार्वजनिक गरेको मासिक विश्व मौसमी जलवायु अद्यावधिकअनुसार एल निनो अवस्था अहिले नै सुरु भइसकेको छ । जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा यो ‘बलियो’ स्तरमा पुग्ने उच्च सम्भावना रहेको संगठनले जनाएको छ ।

एल निनो मध्य तथा पूर्वी भूमध्यरेखीय प्रशान्त महासागरको सतही तापक्रम असामान्य रूपमा बढ्दा विकसित हुने प्राकृतिक जलवायु प्रणाली हो । यसले विश्वभर हावाको बहाव, वायुदाब र वर्षाको ढाँचामा व्यापक परिवर्तन ल्याउने गर्दछ । सामान्यतया यो घटना दुईदेखि सात वर्षको अन्तरालमा देखा पर्ने र करिब नौदेखि १२ महिनासम्म सक्रिय रहने गर्छ । यसको विपरीत अवस्था ‘ला निना’ हो भने यी दुईबीच तटस्थ अवस्था पनि रहने गर्दछ ।

डब्ल्यूएमओले एल निनोलाई कमजोर, मध्यम, बलियो र अत्यन्त बलियो गरी चार तहमा वर्गीकरण गर्ने गरेको छ। यसपटक जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा एल निनो तेस्रो अर्थात् ‘बलियो’ श्रेणीमा पुग्ने अनुमान गरिएको छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

विभिन्न अन्तर्राष्ट्रिय जलवायु केन्द्रहरूले तयार पारेका मोडेलअनुसार मध्य तथा पूर्वी भूमध्यरेखीय प्रशान्त क्षेत्रमा समुद्री सतहको तापक्रम निरन्तर बढ्ने देखिएको छ । प्रमुख अनुगमन क्षेत्रहरूमा समुद्री सतहको तापक्रम औसतभन्दा दुई डिग्री सेल्सियसभन्दा बढी रहने अपेक्षा गरिएको छ, जसले पूर्वानुमानप्रति उच्च विश्वसनीयता देखाएको डब्ल्यूएमओले जनाएको छ ।

संगठनका अनुसार एल निनो उत्तरी गोलार्धको शरद ऋतुमा अझ शक्तिशाली बन्दै जानेछ र यसको प्रभाव विश्वका धेरै भागमा फैलिनेछ । साथै भूमध्यरेखीय एटलान्टिक महासागरको तापक्रम पनि सामान्यभन्दा बढी रहने अनुमान गरिएको छ ।

डब्ल्यूएमओले पछिल्लो एल निनोले सन् २०२३ लाई इतिहासकै दोस्रो सबैभन्दा तातो वर्ष र सन् २०२४ लाई पूर्वऔद्योगिक औसतभन्दा १.५५ डिग्री सेल्सियस बढी तापक्रमसहित अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बनाउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरेको छ ।

डब्ल्यूएमओका महासचिव सेलेस्टे साउलोले एल निनोको तीव्रतासँगै विश्वका धेरै क्षेत्रमा खडेरी, अत्यधिक वर्षा, स्थल तथा समुद्री गर्मीको लहरको जोखिम उल्लेखनीय रूपमा बढ्ने बताएका छन् । उनले कृषि, स्वास्थ्यलगायत जलवायुसँग प्रत्यक्ष सम्बन्धित क्षेत्रमा प्रारम्भिक चेतावनी प्रणाली र मौसमी पूर्वानुमानलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको उल्लेख गर्दै समयमै सूचना प्रवाहले जनधनको क्षति न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

नयाँ अद्यावधिकले ६० डिग्री दक्षिणदेखि ६० डिग्री उत्तरसम्मका ध्रुवीय क्षेत्रबाहेक अधिकांश जनबसोबास भएका भूभागमा औसतभन्दा बढी तापक्रम रहने सम्भावना औंल्याएको छ । जुलाईदेखि सेप्टेम्बरसम्म केही क्षेत्रमा सामान्यभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ भने भारतीय उपमहाद्वीप र अस्ट्रेलियाका धेरै भागमा औसतभन्दा कम वर्षा हुने सम्भावना रहेको जनाइएको छ ।

यद्यपि, डब्ल्यूएमओले जलवायु परिवर्तनका कारण एल निनोको आवृत्ति वा तीव्रता बढेको भन्ने ठोस वैज्ञानिक प्रमाण हालसम्म नरहेको स्पष्ट पारेको छ । तर तातो समुद्र र वातावरणका कारण गर्मीको लहर, भारी वर्षा तथा अन्य चरम मौसमीय घटनाको प्रभाव भने थप गम्भीर बन्न सक्ने चेतावनी दिएको छ ।

संगठनका अनुसार उत्तरी गोलार्धको गर्मीयाममा एल निनोसँग सम्बन्धित न्यानो समुद्री पानीले मध्य तथा पूर्वी प्रशान्त क्षेत्रमा आँधीबेहरीको गतिविधि बढाउन सक्ने भए पनि अटलान्टिक महासागरमा यस्ता प्रणालीको विकासलाई कमजोर पार्न सक्ने सम्भावना रहेको छ ।


प्रकाशित मिति: शनिबार, असार २०, २०८३  १०:००
#नेपाल #जलवायु परिवर्तन #कृषि #वातावरण #प्राकृतिक विपद् #खडेरी #प्रशान्त महासागर #एल निनो #डब्ल्यूएमओ #विश्व मौसम विज्ञान संगठन #अत्यधिक वर्षा #गर्मीको लहर #मौसमी पूर्वानुमान #ला निना #विश्व मौसम
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप विश्व
युद्ध रोक्न अमेरिका र इरानको मध्यस्थकर्तासँग अलग–अलग वार्ता
युद्ध रोक्न अमेरिका र इरानको मध्यस्थकर्तासँग अलग–अलग वार्ता मंगलबार, असोज १३, २०८३
भारतको उत्तर प्रदेशमा बाढीपहिरोको कहर, ६२ जनाको मृत्यु
भारतको उत्तर प्रदेशमा बाढीपहिरोको कहर, ६२ जनाको मृत्यु मंगलबार, असोज १३, २०८३
साउदीलाई एफ–३५ बिक्रीको तयारी, चीनको प्रभावबारे अमेरिकाको चिन्ता
साउदीलाई एफ–३५ बिक्रीको तयारी, चीनको प्रभावबारे अमेरिकाको चिन्ता शुक्रबार, असोज २, २०८३
विश्वमा पानीको चक्र असन्तुलित बन्दै, बाढी र खडेरीको जोखिम उच्च
विश्वमा पानीको चक्र असन्तुलित बन्दै, बाढी र खडेरीको जोखिम उच्च बिहीबार, असोज १, २०८३
मक्कामाथि आक्रमण प्रयासको विश्वभर विरोध, साउदीले जवाफ दिने घोषणा
मक्कामाथि आक्रमण प्रयासको विश्वभर विरोध, साउदीले जवाफ दिने घोषणा बिहीबार, असोज १, २०८३
इन्धन महँगिएपछि विश्वका विभिन्न देशमा प्रदर्शन, सडकमा उत्रिए नागरिक
इन्धन महँगिएपछि विश्वका विभिन्न देशमा प्रदर्शन, सडकमा उत्रिए नागरिक बुधबार, भदौ ३१, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
नवरात्रिमा धार्मिक गतिविधिमा सक्रिय कांग्रेस नेता सहाबुदिन, कर्मामाईको आरतीमा सहभागी
नवरात्रिमा धार्मिक गतिविधिमा सक्रिय कांग्रेस नेता सहाबुदिन, कर्मामाईको आरतीमा सहभागी वीरगंज सिटी
नेशनल मेडिकल कलेज आन्दोलनका अगुवा बसरुद्दिनको छोराको बहुभोजमा जेठा दाई जैनुदिनको परिवार अनुपस्थित
नेशनल मेडिकल कलेज आन्दोलनका अगुवा बसरुद्दिनको छोराको बहुभोजमा जेठा दाई जैनुदिनको परिवार अनुपस्थित वीरगंज सिटी
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
कोइला डिपोको धुलोले स्थानीयको स्वास्थ्यमा गम्भीर जोखिम, सम्बन्धित निकाय किन मौन ?
कोइला डिपोको धुलोले स्थानीयको स्वास्थ्यमा गम्भीर जोखिम, सम्बन्धित निकाय किन मौन ? वीरगंज सिटी
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
जिराभवानी भेट्रान्स फाइनलमा, दुई गोल गरेका सुनिल राउत बने ‘म्यान अफ द म्याच’
जिराभवानी भेट्रान्स फाइनलमा, दुई गोल गरेका सुनिल राउत बने ‘म्यान अफ द म्याच’ वीरगंज सिटी
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै?
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै? वीरगंज सिटी
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP