शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Tihar Banner
Tihar Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
विश्व
  • गृहपृष्ठ
  • विश्व
  • खाडी राष्ट्रहरूको दबाबपछि इरानमाथि तत्काल थप आक्रमण नगर्ने ट्रम्पको संकेत, होर्मुजमा अमेरिकी नाकाबन्दी भने जारी
खाडी राष्ट्रहरूको दबाबपछि इरानमाथि तत्काल थप आक्रमण नगर्ने ट्रम्पको संकेत, होर्मुजमा अमेरिकी नाकाबन्दी भने जारी
वीरगंज सिटी
वीरगंज सिटी मंगलबार, कात्तिक २४, २०८३
A1 Beakery Add A1 Beakery Add

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि तत्काल थप सैन्य आक्रमण नगर्ने संकेत दिएका छन् । कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), बहराइन र कुवेतलगायत खाडी क्षेत्रका देशहरूले युद्ध थप चर्काउन नचाहेको भन्दै आग्रह गरेपछि आफूले नयाँ आक्रमण रोक्ने निर्णय गरेको ट्रम्पले बताएका हुन् ।

सोमबार रोयटर्ससँगको अन्तर्वार्ता तथा ह्वाइट हाउसमा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले तत्कालका लागि इरानमाथि थप सैन्य कारबाही नगर्ने धारणा दोहोर्‍याएका हुन् । यद्यपि, इरानका बन्दरगाह तथा समुद्री गतिविधिलाई लक्षित गर्दै स्ट्रेट अफ होर्मुजमा लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी भने जारी रहने उनले स्पष्ट पारेका छन् ।

‘संयुक्त राज्य अमेरिका अहिलेसम्मकै उत्कृष्ट सैन्य उपकरणसहित पूर्ण रूपमा तयारी अवस्थामा छ । तर, हामीलाई ती उपकरण प्रयोग गर्नुपर्ने अवस्था आउनेछ जस्तो लाग्दैन,’ ट्रम्पले पत्रकारहरूसँग भने ।

उनका अनुसार कतार, साउदी अरेबिया, यूएई, बहराइन र कुवेतले अमेरिकाले इरानमाथि थप आक्रमण नगरोस् भन्ने चाहेका छन् । छिमेकी मुलुकहरूको आग्रहलाई ध्यानमा राख्दै आफूले तत्काल नयाँ सैन्य कारबाही नगर्ने निर्णय गरेको ट्रम्पको भनाइ छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

ट्रम्पको यस्तो अभिव्यक्ति कतारका प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग ह्वाइट हाउसमा भएको भेटपछि आएको हो । अल थानीले गत साता इरानको भ्रमण गरेका थिए । युद्ध सुरु भएदेखि नै कतारले अमेरिका र इरानबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको छ ।

अल थानीले ट्रम्प र अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँगको भेटलाई सकारात्मक बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समार्फत युद्ध अन्त्य गर्ने सम्झौता र क्षेत्रीय शान्तिका लागि भएको छलफलप्रति सन्तुष्टि व्यक्त गरेका थिए ।

इरानको प्रस्ताव अमेरिकालाई अस्वीकार्य

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि संयुक्त सैन्य कारबाही सुरु गरेयता आठ महिनाभन्दा बढी समय बितिसकेको छ । युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास भइरहे पनि दुवै पक्षबीच सहमति जुट्न सकेको छैन ।

इरानले युद्ध अन्त्यका लागि अमेरिकी नाकाबन्दी हटाउनुपर्ने, केही आर्थिक प्रतिबन्ध फुकुवा गर्नुपर्ने र बमबारी रोक्नुपर्ने प्रस्ताव राखेको छ । त्यसको बदलामा इरानले स्ट्रेट अफ होर्मुजमा लगाएको आफ्नै नाकाबन्दी हटाउने तथा त्यसपछि आणविक कार्यक्रम र अन्य प्रतिबन्धबारे वार्ता गर्ने प्रस्ताव गरेको छ ।

तर, अमेरिकाले इरानको प्रस्ताव अस्वीकार गर्दै आएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार इरानका सर्तहरू अव्यावहारिक, अस्वीकार्य र हास्यास्पद रहेको टिप्पणी गरेका थिए ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले भने तेहरानको प्रस्ताव उपलब्ध विकल्पमध्ये सबैभन्दा व्यावहारिक रहेको दाबी गरेका छन् । इरानको राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख मोहसेन रेजाईले अमेरिकाले कथित वार्ताबारे गलत सूचना फैलाउन बन्द गर्नुपर्ने बताएका छन् । उनले अमेरिकाले इरानका सात सर्त स्वीकार गर्नुपर्ने मागसमेत गरेका छन् ।

अमेरिकी विदेशमन्त्री रुबियोले तत्काल कूटनीतिक सफलता हासिल हुने सम्भावना नरहेको बताएका छन् । यूएईका वरिष्ठ अधिकारी अनवर गर्गासले पनि अमेरिका र इरानबीच व्यापक राजनीतिक सहमति जुटाउन कठिन देखिएको बताएका छन् । उनका अनुसार क्षेत्रले लामो समयसम्म अनिश्चितताको सामना गर्नुपर्ने हुन सक्छ ।

यसैबीच, टर्कीका राष्ट्रपति तैयप एर्दोगानले पनि ट्रम्पलाई युद्ध थप चर्किन नदिन आग्रह गरेका छन् । उनले संवाद र कूटनीतिमार्फत समस्या समाधान गर्न सकिने भन्दै आफ्नो देशले त्यसका लागि प्रयास गरिरहेको बताएका छन् ।

सैन्य आक्रमण र समुद्री तनाव कायमै

शान्तिका लागि कूटनीतिक प्रयास भइरहे पनि सैन्य गतिविधि भने पूर्ण रूपमा रोकिएको छैन । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार आइतबार राति अमेरिकाले इरानको केश्म टापुमा आक्रमण गरेको थियो । उक्त आक्रमणबाट महत्त्वपूर्ण पूर्वाधार तथा सार्वजनिक सेवा प्रभावित नभएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

रोयटर्सका अनुसार अमेरिकी आक्रमणको निशानामा हवाई प्रतिरक्षा प्रणाली, जहाजको आवागमनमा प्रयोग हुने राडार प्रणाली, क्षेप्यास्त्र प्रक्षेपण केन्द्र तथा समुद्रमा बारुदी सुरुङ बिछ्याउने सैन्य संरचना थिए ।

अर्कोतर्फ, इरानले खाडी क्षेत्र र स्ट्रेट अफ होर्मुजमा तेल बोकेका ट्यांकरमाथि आक्रमण जारी राखेको छ । अन्तर्राष्ट्रिय समुद्री निकायहरूको तथ्यांकअनुसार अक्टोबरदेखि यस्ता आक्रमण तीव्र बनेका छन् । इरानी सरकारी टेलिभिजनका अनुसार पछिल्लो १० दिनमा ११ वटा ट्यांकर सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेका छन् ।

अमेरिकाले तत्काल थप सैन्य आक्रमण नगर्ने संकेत दिए पनि नौसैनिक नाकाबन्दी कायम राख्नु र इरानले समुद्री क्षेत्रमा जारी राखेको गतिविधिले खाडी क्षेत्रमा तनाव अझै कम हुन सकेको छैन । यसले युद्ध अन्त्यका लागि भइरहेको कूटनीतिक प्रयासको परिणामबारे अनिश्चितता कायम राखेको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २४, २०८३  १२:००
#यूएई #अमेरिका #डोनाल्ड ट्रम्प #कतार #इरान #अन्तर्राष्ट्रिय राजनीति #टर्की #साउदी अरेबिया #मध्यपूर्व तनाव #इरान युद्ध #खाडी राष्ट्र #स्ट्रेट अफ होर्मुज #अमेरिका इरान तनाव #मार्को रुबियो #अमेरिकी सैन्य कारबाही #जेडी भान्स
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप विश्व
ममता काफ्ले हत्या प्रकरणमा नयाँ खुलासा: पत्नीको शव आराले काटेर व्यवस्थापन गरेकाे नरेश भट्टको स्वीकारोक्ति, अमेरिकी अदालतमा तनाव, ममताकी आमा रुँदै बाहिरिइन् ( भिडियो रिपोर्ट सहित)
ममता काफ्ले हत्या प्रकरणमा नयाँ खुलासा: पत्नीको शव आराले काटेर व्यवस्थापन गरेकाे नरेश भट्टको स्वीकारोक्ति, अमेरिकी अदालतमा तनाव, ममताकी आमा रुँदै बाहिरिइन् ( भिडियो रिपोर्ट सहित) आइतबार, कात्तिक २२, २०८३
नासाको २२ वर्ष पुरानो टेलिस्कोप पृथ्वीमा खस्दै, भारतमा पनि जोखिम
नासाको २२ वर्ष पुरानो टेलिस्कोप पृथ्वीमा खस्दै, भारतमा पनि जोखिम बुधबार, कात्तिक १८, २०८३
१,७११ दिनपछि युद्धले छुटाएको दम्पतीको पुनर्मिलन, युक्रेन फर्किए विस्थापित
१,७११ दिनपछि युद्धले छुटाएको दम्पतीको पुनर्मिलन, युक्रेन फर्किए विस्थापित आइतबार, कात्तिक १५, २०८३
भुटानमा हिमताल विस्फोट, बंगाल र असममा बाढीको जोखिम
भुटानमा हिमताल विस्फोट, बंगाल र असममा बाढीको जोखिम शुक्रबार, कात्तिक १३, २०८३
दुई तीव्र गतिको रेल आपसमा ठोक्किँदा स्पेनमा ६८ जनाको मृत्यु
दुई तीव्र गतिको रेल आपसमा ठोक्किँदा स्पेनमा ६८ जनाको मृत्यु बिहीबार, कात्तिक १२, २०८३
रक्सौलमा एसएसबीद्वारा ‘नशामुक्त भारत अभियान’ सञ्चालन, युवालाई लागुऔषधबाट टाढा रहन आग्रह (तस्बिरहरू)
रक्सौलमा एसएसबीद्वारा ‘नशामुक्त भारत अभियान’ सञ्चालन, युवालाई लागुऔषधबाट टाढा रहन आग्रह (तस्बिरहरू) बुधबार, कात्तिक ११, २०८३
Vacancy Vacancy
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
देउसी–भैलोमा पनि डिजिटल दक्षिणाको चलन, नाङ्लोको ठाउँमा क्युआर कोड !
देउसी–भैलोमा पनि डिजिटल दक्षिणाको चलन, नाङ्लोको ठाउँमा क्युआर कोड ! वीरगंज सिटी
ठगी मुद्दाका फरार आरोपित सुजनलाई गोली हानेर पक्राउ, प्रहरीमाथि चक्कु प्रहार
ठगी मुद्दाका फरार आरोपित सुजनलाई गोली हानेर पक्राउ, प्रहरीमाथि चक्कु प्रहार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
प्रधानमन्त्री बालेन शाहलाई छठ मनाउन वीरगंज आउन घडिअर्वा छठ पूजा समितिको निमन्त्रणा
प्रधानमन्त्री बालेन शाहलाई छठ मनाउन वीरगंज आउन घडिअर्वा छठ पूजा समितिको निमन्त्रणा वीरगंज सिटी
वीरगंजमा तीन दिनमै साढे ३ लाखका पटका बरामद, ११ प्रकारका आतिशबाजीजन्य पदार्थ प्रहरी नियन्त्रणमा
वीरगंजमा तीन दिनमै साढे ३ लाखका पटका बरामद, ११ प्रकारका आतिशबाजीजन्य पदार्थ प्रहरी नियन्त्रणमा वीरगंज सिटी
पर्सामा पटका पड्काउने क्रममा पाँच वर्षीय बालकको मृत्यु, उपचारका क्रममा ज्यान गयो
पर्सामा पटका पड्काउने क्रममा पाँच वर्षीय बालकको मृत्यु, उपचारका क्रममा ज्यान गयो वीरगंज सिटी
विशेष खोज
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
हामीलाई भन्नुछ
वीरगंजको फोहोरमैला प्रशोधन केन्द्र अव्यवस्थित, दुर्गन्धले बस्तीका बासिन्दा प्रभावित
वीरगंजको फोहोरमैला प्रशोधन केन्द्र अव्यवस्थित, दुर्गन्धले बस्तीका बासिन्दा प्रभावित वीरगंज सिटी
स्थानीय तह तथा आसन्न निर्वाचनलाई लिएर वीरगंजवासीको धारणा कस्तो छ, उनीहरूको प्राथमिकता के–कस्ता छन्र ?
स्थानीय तह तथा आसन्न निर्वाचनलाई लिएर वीरगंजवासीको धारणा कस्तो छ, उनीहरूको प्राथमिकता के–कस्ता छन्र ? वीरगंज सिटी
उद्यमी मञ्च
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
खेलकुद
तिहारमा तासको रौनक : तीन महिनामै ७ करोडभन्दा बढीको तास आयात, मनोरञ्जनदेखि जुवासम्म जोडिँदै कारोबार
तिहारमा तासको रौनक : तीन महिनामै ७ करोडभन्दा बढीको तास आयात, मनोरञ्जनदेखि जुवासम्म जोडिँदै कारोबार वीरगंज सिटी
एनपीएलमा आज दुई खेल हुँदै, पोखरा पहिलो जितको खोजीमा मैदान उत्रिँदै
एनपीएलमा आज दुई खेल हुँदै, पोखरा पहिलो जितको खोजीमा मैदान उत्रिँदै वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP