वीरगंज पेट्रोलियम डिलर एशोसिएशनको साधारणसभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ ।
अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्विरोध चयन गरेको हो । कार्यक्रममा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनका नवनिर्वाचित अध्यक्ष विश्वप्रसाद अर्याल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । त्यसैगरी, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनका निवर्तमान अध्यक्ष लिलेन्द्रप्रसाद प्रधान तथा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका अध्यक्ष मनोजकुमार दास विशेष अतिथिका रूपमा उपस्थित थिए ।
अधिवेशनबाट अध्यक्षमा विनोदकुमार चौरसिया, वरिष्ठ उपाध्यक्षमा मजिद मियाँ, उपाध्यक्षमा प्रदीपकुमार पटेल, महासचिवमा रवीन्द्र यादव, सचिवमा मनीष मिश्र, सहसचिवमा पुरुषोत्तमकुमार गुप्ता तथा कोषाध्यक्षमा रामबाबू चौहान सर्वसम्मत रूपमा निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी, कार्यसमितिका अन्य सदस्यहरू पनि सर्वसम्मत रूपमा चयन गरिएको एशोसिएशनले जनाएको छ । नवनिर्वाचित कार्यसमितिले पेट्रोलियम व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायलाई थप व्यवस्थित बनाउने तथा व्यवसायीबीच आपसी सहकार्य र समन्वयलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।