उद्योगपति रतन टाटाकाे निधन भएको छ ।
86 वर्षको उमेरमा उनको निधन भएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।
यस्ता थिए रतन टाटा !
१९३७ मा मुम्बईमा जन्मिएका रतन टाटा भारतका प्रमुख उद्योगपति र परोपकारी व्यक्तित्व हुन् । उनी भारतको सबैभन्दा ठूलो औद्योगिक समूह टाटा समूहका पूर्व अध्यक्ष हुन् । टाटा परिवारको व्यापारिक परम्परालाई अगाडि बढाउँदै, रतन टाटाले टाटा समूहलाई नयाँ उचाइमा पुर्याए । प्रख्यात भारतीय व्यवसायी रतन टाटाको नाम विश्वभर सम्मानका साथ लिइन्छ।
रतन टाटाले हार्वर्ड बिजनेस स्कूलबाट शिक्षा हासिल गरेपछि १९६१ मा टाटा समूहमा आफ्नो यात्रा सुरु गरे। सन् १९९१ मा टाटा समूहको अध्यक्ष बनेपछि उनले कम्पनीको विविधीकरणमा महत्वपूर्ण भूमिका खेले । उनको नेतृत्वमा टाटा मोटर्सले 'टाटा इन्डिका' जस्तो कार बजारमा ल्यायो र टाटा स्टिलले विश्वव्यापी विस्तार गर्यो । उनी २००८ मा बेलायती कार कम्पनीहरू जगुआर र ल्यान्डरोभरलाई टाटा समूहमा समावेश गराउन सफल भए । टाटा नानो, जो विश्वकै सस्तो कारका रूपमा चिनिन्छ, याे पनि उनको सोचकै परिणाम थियो ।
रतन टाटा व्यवसाय मात्र नभई परोपकारमा पनि अग्रणी रहेका छन् । उनले शिक्षा, स्वास्थ्य र सामाजिक कल्याणमा ठूला लगानीहरू गरेका छन् । भारतको विकासमा उल्लेखनीय योगदान पुर्याएबापत उनलाई भारत सरकारले ‘पद्म भूषण’ र ‘पद्म विभूषण’ जस्ता प्रतिष्ठित सम्मानले विभूषित गरेको छ ।
व्यापारिक विश्वमा इमानदारी, कर्तव्यनिष्ठा र परोपकारको प्रतीकका रूपमा चिनिने रतन टाटा अहिले पनि समाजसेवामा क्रियाशील छन् ।