शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Tihar Banner
Tihar Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
अन्तराष्ट्रिय
  • गृहपृष्ठ
  • अन्तराष्ट्रिय
  • ममता काफ्ले हत्या प्रकरणमा नयाँ खुलासा: पत्नीको शव आराले काटेर व्यवस्थापन गरेकाे नरेश भट्टको स्वीकारोक्ति, अमेरिकी अदालतमा तनाव, ममताकी आमा रुँदै बाहिरिइन् ( भिडियो रिपोर्ट सहित)
ममता काफ्ले हत्या प्रकरणमा नयाँ खुलासा: पत्नीको शव आराले काटेर व्यवस्थापन गरेकाे नरेश भट्टको स्वीकारोक्ति, अमेरिकी अदालतमा तनाव, ममताकी आमा रुँदै बाहिरिइन् ( भिडियो रिपोर्ट सहित)
वीरगंज सिटी
वीरगंज सिटी आइतबार, कात्तिक २२, २०८३

नेपाली मूलकी ममता काफ्ले भट्टको बेपत्ता हत्या प्रकरणमा दुई वर्षभन्दा बढी समयपछि अमेरिकी अदालतमा सनसनीपूर्ण खुलासा भएको छ । आफ्नी पत्नी ममता काफ्लेको हत्या गरेको आरोपमा मुद्दा खेपिरहेका उनका पति नरेश भट्टले अदालतमा बयान दिँदै ममता आफ्नै घरको बेडरुममा मृत अवस्थामा फेला परेको र त्यसपछि आफूले उनको शव आराले काटेर व्यवस्थापन गरेको स्वीकार गरेका छन् ।

श्रीमान नरेश भट्टले ममताको हत्या आफूले नगरेको दाबी गर्दै उनले आत्महत्या गरेको हुन् सक्ने अदालतमा जिकिर गरेका छन् । यसअघि ममता स्वेच्छाले घर छाडेर न्युयोर्क वा टेक्सस गएको दाबी गर्दै आएका भट्टको पछिल्लो बयानले घटनालाई थप रहस्यमय र गम्भीर बनाएको छ ।

सन् २०२४ जुलाईमा अमेरिकाको भर्जिनिया राज्यस्थित मनासस पार्कमा भएको भनिएको यो घटनाको सुनुवाइ अहिले प्रिन्स विलियम काउन्टी सर्किट कोर्टमा जारी छ । नरेशमाथि प्रथम श्रेणीको हत्या, मृत शरीर लुकाएको र शवको अपमान गरेको अभियोग लगाइएको छ । उनले भने सबै अभियोग अस्वीकार गर्दै आएका छन् ।

आत्महत्याको अवस्थामा ममता भेटिएको भट्टको दाबी

Add Sarwotam HospitalAdd Sarwotam Hospital

अदालतमा आफ्नो पक्ष राख्दै भट्टले जुलाई २९, २०२४ को राति आफू दम्पतीको बच्चासँग अर्को कोठामा सुतेको बताएका छन् । जुलाई ३० को बिहान करिब ४ बजे बच्चाको हेरचाहका लागि उठेर मुख्य बेडरुममा पुग्दा ममता भुइँमा उत्तानो परेको अवस्थामा भेटिएको उनको दाबी छ । उनका अनुसार ममताको शरीर र वरिपरि वान्ता भएको थियो । त्यहाँ केही चक्की, औषधिको बोतल तथा कीटनाशक औषधिको खुला प्याकेटसमेत भेटिएको उनले बताएका छन् ।

ममतालाई बचाउन आफूले करिब ४५ मिनेटदेखि एक घण्टासम्म प्रयास गरे पनि उनी जीवित नरहेको भट्टले अदालतमा बयान दिएका छन् ।

प्रहरीलाई खबर नगर्नुको कारण डर भएको जिकिर

ममता अचेत अवस्थामा भेटिएपछि प्रहरी वा आपत्कालीन सेवा ९११ मा किन फोन नगरेको भन्ने प्रश्नमा भट्टले आफू अत्यधिक डराएको बताएका छन् । उनले ममतालाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोप आफूमाथि लाग्न सक्ने डरले तत्काल प्रहरीलाई खबर नगरेको जिकिर गरेका छन् । जीवनमा हजारौँ घण्टा ध्यान गरेको भए पनि त्यस्तो अवस्थामा आफूले ९११ मा फोन गर्न नसकेको विषयमा भने कुनै स्पष्ट जवाफ दिन नसकेको उनले बताएका छन् ।

आराले शव टुक्राटुक्रा पारेर फोहोरमा फालेको स्वीकार

अदालतमा सबैभन्दा सनसनीपूर्ण खुलासा गर्दै भट्टले बच्चालाई बेबीसिटरकहाँ पुर्‍याएपछि होम डिपोबाट केही सामग्री खरिद गरेको स्वीकार गरेका छन् ।
त्यसपछि करिब डेढ दिनभित्र घरमै विद्युतीय आराको प्रयोग गरी ममताको शव टुक्राटुक्रा पारेको र ती टुक्राहरू ब्यागमा राखेर घरको फोहोर फाल्ने कन्टेनरमा हालेको उनले बयान दिएका छन् । सरकारी वकिल म्याथ्यु स्विटले यसअघि प्रहरी तथा सञ्चारमाध्यमलाई दिएको बयानबारे प्रश्न गर्दा भट्टले आफूले झूटो बोलेको स्वीकार गरेका छन् । उनले आफूलाई झूटो बोल्ने व्यक्तिका रूपमा समेत प्रस्तुत गरेका थिए ।

अदालतमा तनाव, ममताकी आमा रुँदै बाहिरिइन्

भट्टले अदालतमा शव टुक्राटुक्रा पारेको विवरण सुनाउँदै गर्दा इजलासमा उपस्थित व्यक्तिहरूले आक्रोश व्यक्त गरेका थिए । 
ममताकी आमा भावविह्वल हुँदै रुँदै अदालत कक्षबाट बाहिरिएकी थिइन् । प्रत्यक्षदर्शीका अनुसार बयानका क्रममा केही ज्युरी सदस्यहरूले समेत भट्टको भनाइप्रति अविश्वास व्यक्त गरेका थिए । गम्भीर घटनाको विवरण सुनाउँदा पनि भट्टको अनुहारमा पश्चाताप नदेखिएको उनीहरूले बताएका छन् ।

फरेन्सिक प्रमाणले भट्टको दाबीमाथि प्रश्न

अभियोजन पक्षले अदालतमा पेस गरेका फरेन्सिक प्रमाणहरूले भट्टको बयानमाथि थप प्रश्न उठाएका छन् । फरेन्सिक विशेषज्ञहरूका अनुसार घरको मुख्य बेडरुमको कार्पेटमा भेटिएको रगत ममताकै भएको सम्भावना अत्यधिक छ । घटनापछि बेडको स्थान परिवर्तन गरी रगतका दाग सफा गरेर मेटाउने प्रयास गरिएको प्रमाणसमेत अभियोजन पक्षले प्रस्तुत गरेको छ । त्यस्तै, प्रहरीले बरामद गरेको विद्युतीय आरामा भेटिएको रगत तथा डीएनए परीक्षणबाट ममताकै जैविक प्रमाण रहेको पुष्टि भएको अभियोजन पक्षको दाबी छ । उक्त आरा भट्टले घटनाभन्दा केही महिनाअघि खरिद गरेको बताइएको छ ।

ममतामाथि कुटपिट भएको भाइको बयान

अदालतमा ममताका भाइ महेश काफ्लेले समेत भावुक हुँदै बयान दिएका छन् । उनले घटनाभन्दा केही महिनाअघि ममताले आँखामा नीलडाम देखिने तस्बिर पठाएर नरेशले कुटपिट गरेको जानकारी गराएको खुलासा गरेका छन् ।
ममताले उक्त तस्बिरलाई भविष्यमा प्रमाणका रूपमा सुरक्षित राख्नसमेत आग्रह गरेको उनका भाइले अदालतमा बताएका छन् । त्यस्तै, ममता बेपत्ता हुनुभन्दा सातदेखि आठ महिनाअघिदेखि नै नरेशले सम्बन्धविच्छेदको विषय उठाउने गरेको र घटनापछि ममताका गरगहनासहित आफ्नो विवाहको औँठीसमेत एक साथीलाई जिम्मा लगाएको विवरण सुनुवाइका क्रममा बाहिर आएको छ ।

ममता काफ्लेको न्यायका लागि आवाज उठाउँदै आएका उनका परिवार तथा साथीहरूले भट्टको पछिल्लो बयानलाई पूर्वनियोजित र बनावटी भएको दाबी गरेका छन् । यस घटनामा अदालतमा कानुनी प्रक्रिया तथा ज्युरीसमक्ष बहस जारी रहेको छ । 

ममताको शव अझै फेला नपरेको अवस्थामा भट्टको पछिल्लो बयान र अभियोजन पक्षले प्रस्तुत गरेका फरेन्सिक प्रमाणले मुद्दालाई थप गम्भीर तथा पेचिलो बनाएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २२, २०८३  ०६:००
#नेपाली #न्यायको माग #हत्या अनुसन्धान #अमेरिकी अदालत #अन्तर्राष्ट्रिय समाचार #आपराधिक घटना #ममता काफ्ले भट्ट #नेपाली मूलकी महिला #ममता हत्या प्रकरण #बेपत्ता प्रकरण
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप अन्तराष्ट्रिय
खाडी राष्ट्रहरूको दबाबपछि इरानमाथि तत्काल थप आक्रमण नगर्ने ट्रम्पको संकेत, होर्मुजमा अमेरिकी नाकाबन्दी भने जारी
खाडी राष्ट्रहरूको दबाबपछि इरानमाथि तत्काल थप आक्रमण नगर्ने ट्रम्पको संकेत, होर्मुजमा अमेरिकी नाकाबन्दी भने जारी मंगलबार, कात्तिक २४, २०८३
नासाको २२ वर्ष पुरानो टेलिस्कोप पृथ्वीमा खस्दै, भारतमा पनि जोखिम
नासाको २२ वर्ष पुरानो टेलिस्कोप पृथ्वीमा खस्दै, भारतमा पनि जोखिम बुधबार, कात्तिक १८, २०८३
१,७११ दिनपछि युद्धले छुटाएको दम्पतीको पुनर्मिलन, युक्रेन फर्किए विस्थापित
१,७११ दिनपछि युद्धले छुटाएको दम्पतीको पुनर्मिलन, युक्रेन फर्किए विस्थापित आइतबार, कात्तिक १५, २०८३
भुटानमा हिमताल विस्फोट, बंगाल र असममा बाढीको जोखिम
भुटानमा हिमताल विस्फोट, बंगाल र असममा बाढीको जोखिम शुक्रबार, कात्तिक १३, २०८३
दुई तीव्र गतिको रेल आपसमा ठोक्किँदा स्पेनमा ६८ जनाको मृत्यु
दुई तीव्र गतिको रेल आपसमा ठोक्किँदा स्पेनमा ६८ जनाको मृत्यु बिहीबार, कात्तिक १२, २०८३
रक्सौलमा एसएसबीद्वारा ‘नशामुक्त भारत अभियान’ सञ्चालन, युवालाई लागुऔषधबाट टाढा रहन आग्रह (तस्बिरहरू)
रक्सौलमा एसएसबीद्वारा ‘नशामुक्त भारत अभियान’ सञ्चालन, युवालाई लागुऔषधबाट टाढा रहन आग्रह (तस्बिरहरू) बुधबार, कात्तिक ११, २०८३
Vacancy Vacancy
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
देउसी–भैलोमा पनि डिजिटल दक्षिणाको चलन, नाङ्लोको ठाउँमा क्युआर कोड !
देउसी–भैलोमा पनि डिजिटल दक्षिणाको चलन, नाङ्लोको ठाउँमा क्युआर कोड ! वीरगंज सिटी
ठगी मुद्दाका फरार आरोपित सुजनलाई गोली हानेर पक्राउ, प्रहरीमाथि चक्कु प्रहार
ठगी मुद्दाका फरार आरोपित सुजनलाई गोली हानेर पक्राउ, प्रहरीमाथि चक्कु प्रहार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
प्रधानमन्त्री बालेन शाहलाई छठ मनाउन वीरगंज आउन घडिअर्वा छठ पूजा समितिको निमन्त्रणा
प्रधानमन्त्री बालेन शाहलाई छठ मनाउन वीरगंज आउन घडिअर्वा छठ पूजा समितिको निमन्त्रणा वीरगंज सिटी
वीरगंजमा तीन दिनमै साढे ३ लाखका पटका बरामद, ११ प्रकारका आतिशबाजीजन्य पदार्थ प्रहरी नियन्त्रणमा
वीरगंजमा तीन दिनमै साढे ३ लाखका पटका बरामद, ११ प्रकारका आतिशबाजीजन्य पदार्थ प्रहरी नियन्त्रणमा वीरगंज सिटी
पर्सामा पटका पड्काउने क्रममा पाँच वर्षीय बालकको मृत्यु, उपचारका क्रममा ज्यान गयो
पर्सामा पटका पड्काउने क्रममा पाँच वर्षीय बालकको मृत्यु, उपचारका क्रममा ज्यान गयो वीरगंज सिटी
विशेष खोज
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
हामीलाई भन्नुछ
वीरगंजको फोहोरमैला प्रशोधन केन्द्र अव्यवस्थित, दुर्गन्धले बस्तीका बासिन्दा प्रभावित
वीरगंजको फोहोरमैला प्रशोधन केन्द्र अव्यवस्थित, दुर्गन्धले बस्तीका बासिन्दा प्रभावित वीरगंज सिटी
स्थानीय तह तथा आसन्न निर्वाचनलाई लिएर वीरगंजवासीको धारणा कस्तो छ, उनीहरूको प्राथमिकता के–कस्ता छन्र ?
स्थानीय तह तथा आसन्न निर्वाचनलाई लिएर वीरगंजवासीको धारणा कस्तो छ, उनीहरूको प्राथमिकता के–कस्ता छन्र ? वीरगंज सिटी
उद्यमी मञ्च
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
खेलकुद
तिहारमा तासको रौनक : तीन महिनामै ७ करोडभन्दा बढीको तास आयात, मनोरञ्जनदेखि जुवासम्म जोडिँदै कारोबार
तिहारमा तासको रौनक : तीन महिनामै ७ करोडभन्दा बढीको तास आयात, मनोरञ्जनदेखि जुवासम्म जोडिँदै कारोबार वीरगंज सिटी
एनपीएलमा आज दुई खेल हुँदै, पोखरा पहिलो जितको खोजीमा मैदान उत्रिँदै
एनपीएलमा आज दुई खेल हुँदै, पोखरा पहिलो जितको खोजीमा मैदान उत्रिँदै वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP