वीरगंज महानगरपालिका-१४ गण्डक चेक पोष्टबाट एक हजार दरका ४७ थान नक्कली नोटसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
प्रहरीका अनुसार, भारतको विहार राज्यको मोतीहारी ग्राम पञ्चायत रामगढवा नन्दपुर-४ का २० वर्षीय कृष्णकुमार महतो शुक्रबार बेलुकी पक्राउ परेका हुन् ।
प्रहरी चौकी गण्डकबाट खटिएको टोलीले वीरगंजबाट हेटौंडातर्फ जाँदै गरेको बा प्र ०३-००१ ख २१४७ नम्बरको मिनी बसमा चेकजाँच गर्दै गर्दा महतोलाई नक्कली नोटसहित पक्राउ गरेको हो ।
प्रहरीले यस घटनामा थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।