शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #उपेन्द्रकुमार साह
  • #सीआईबी
  • #धरौटीमा रिहा
  • #जिल्ला अदालत पर्सा
  • #हुण्डी कारोबार
  • #सम्पत्ति शुद्धीकरण
  • #संगठित अपराध
  • #वित्तीय अपराध
  • #कारागार चलान
यहाँ खोज्नुहोस्
your add here your add here
समाज
  • गृहपृष्ठ
  • समाज
  • नारायणी अस्पताल घटनाको विरोधमा वीरगंजमा चिकित्सक हड्तालमा, आकस्मिक सेवासमेत ठप्प
नारायणी अस्पताल घटनाको विरोधमा वीरगंजमा चिकित्सक हड्तालमा, आकस्मिक सेवासमेत ठप्प
वीरगंज सिटी
वीरगंज सिटी आइतबार, साउन १०, २०८३
A1 Beakery Add A1 Beakery Add

वीरगंजस्थित नारायणी अस्पतालमा शनिबार भएको तोडफोड तथा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा यहाँका सरकारी तथा निजी अस्पतालका चिकित्सकहरू अनिश्चितकालीन हड्तालमा उत्रिएका छन् । हड्तालका कारण आकस्मिक सेवासमेत प्रभावित भएको छ ।

शनिबार बिहान सिकिस्त अवस्थामा नारायणी अस्पतालको आकस्मिक कक्षमा ल्याइएका वीरगंज महानगरपालिका–२५ का ४५ वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएको थियो । पटेलको मृत्युपछि आक्रोशित परिवारजन तथा स्थानीयले अस्पतालमा प्रदर्शन गर्दै आकस्मिक कक्षमा तोडफोड गर्नुका साथै कार्यरत चिकित्सक डा. प्रमोद राममाथि कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका डा. रामको आइसियुमा उपचार भइरहेको छ ।

घटनापछि शनिबार साँझ अस्पतालको सभाकक्षमा अस्पताल प्रशासन, पीडित पक्ष र प्रहरी प्रशासनसहित बसेको बैठकले घटनाबारे छानबिन गर्न ६ सदस्यीय छानबिन समिति गठन गरेको थियो । बैठकले आकस्मिक कक्षमा कार्यरत डा. प्रमोद राम, डा. रामकिशोर सिंह तथा स्वास्थ्यकर्मी प्रह्लाद प्रसाद, नरेशकुमार चौधरी र आस्था यादवलाई एक साताका लागि निलम्बन गर्ने निर्णयसमेत गरेको थियो ।

उक्त निर्णयको विरोधमा नेपाल चिकित्सक संघ नारायणी शाखाको आह्वानमा आइतबार दिउँसोदेखि वीरगंजका नारायणी अस्पतालसहित सरकारी तथा निजी अस्पतालका चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन्। चिकित्सकहरूले आकस्मिक सेवासमेत बहिष्कार गर्दै सम्पूर्ण उपचार सेवा ठप्प पारेका छन् ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

नेपाल चिकित्सक संघ नारायणी शाखाका अध्यक्ष डा. मनोजकुमार गुप्ताको अध्यक्षतामा आइतबार बसेको बैठकले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने निर्णय गरेको हो ।

संघले डा. रामसहित स्वास्थ्यकर्मीमाथि भौतिक आक्रमण, अस्पतालमा तोडफोड तथा अन्य अवाञ्छित गतिविधिमा संलग्न दोषीमाथि मुलुकी अपराध संहिता, २०७४ तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०७९ (संशोधनसहित) बमोजिम तत्काल मुद्दा दर्ता गरी कानुनअनुसार हदैसम्मको कारबाही गर्न माग गरेको छ ।

त्यस्तै, घटनापछि निलम्बन गरिएका नारायणी अस्पतालका चिकित्सकसहित पाँच जना स्वास्थ्यकर्मीको निलम्बन तत्काल फिर्ता गर्नुपर्ने, घटनाबारे छानबिन गर्न गठित समिति खारेज गर्नुपर्ने तथा चिकित्सक र स्वास्थ्य संस्थाको कार्यसम्पादनमा हुने अनधिकृत हस्तक्षेप, अनावश्यक दबाब र सार्वजनिक रूपमा गरिने पूर्वाग्रही तथा चरित्रहत्या गर्ने टिप्पणी रोक्नुपर्ने माग संघले अघि सारेको छ।

संघले नारायणी अस्पतालसहित सरकारी, सामुदायिक तथा निजी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीले डर, त्रास, धम्की वा दबाबबिना सुरक्षित वातावरणमा काम गर्न सक्ने गरी प्रभावकारी र दिगो सुरक्षा व्यवस्थाको तत्काल ग्यारेन्टी गर्नसमेत माग गरेको छ ।

उल्लिखित मागहरू सम्बोधन नभएसम्म वीरगन्जका नारायणी अस्पतालसहित सम्पूर्ण सरकारी तथा निजी स्वास्थ्य संस्था र मेडिकल कलेजमा आकस्मिक सेवासमेत बहिष्कार गरी सम्पूर्ण सेवा ठप्प पारेर आन्दोलन जारी राखिने संघका अध्यक्ष डा. मनोजकुमार गुप्ताले बताएका छन् ।

यसैबीच, नेपाल चिकित्सक संघको केन्द्रीय समितिले पनि आइतबार विज्ञप्ति जारी गर्दै नारायणी अस्पतालको आकस्मिक कक्षमा भएको तोडफोड तथा चिकित्सकमाथि भएको आक्रमणमा संलग्नलाई तत्काल कारबाही गर्न माग गरेको छ ।

संघका केन्द्रीय अध्यक्ष डा. बद्री रिजालद्वारा जारी विज्ञप्तिमा घटनाका दिन आकस्मिक कक्षमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निलम्बन गरिएकोप्रति आपत्ति जनाउँदै उनीहरूको निलम्बन तत्काल फिर्ता लिन माग गरिएको छ ।

अस्पतालमा तोडफोड तथा चिकित्सकमाथि कुटपिटमा संलग्नलाई तत्काल कारबाही नगरिए र स्वास्थ्यकर्मीको निलम्बन फिर्ता नलिए संघ आन्दोलनमा उत्रिने चेतावनीसमेत अध्यक्ष रिजालले दिएका छन् ।

भिडियाे सामाग्री

प्रकाशित मिति: आइतबार, साउन १०, २०८३  १५:१५
#नारायणी अस्पताल #पर्सा #सरकारी अस्पताल #निजी अस्पताल #वीरगन्ज #आकस्मिक सेवा #स्वास्थ्यकर्मी आन्दोलन #नेपाल चिकित्सक संघ #वीरगन्ज समाचार #मधेश समाचार #राजकुमार पटेल #अस्पताल तोडफोड #नारायणी अस्पताल घटना #चिकित्सक हड्ताल #चिकित्सकमाथि आक्रमण #डा. प्रमोद राम #चिकित्सक सुरक्षा
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप समाज
अस्पतालका निःशुल्क शय्या प्रयोगमा ल्याउन स्वास्थ्य मन्त्रालयको पुनः निर्देशन
अस्पतालका निःशुल्क शय्या प्रयोगमा ल्याउन स्वास्थ्य मन्त्रालयको पुनः निर्देशन बुधबार, कात्तिक ११, २०८३
गाभीले नेपाललाई दिने भयो ८ अर्ब ५९ करोडको खोप सहयोग
गाभीले नेपाललाई दिने भयो ८ अर्ब ५९ करोडको खोप सहयोग मंगलबार, कात्तिक १०, २०८३
ढल्केबरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माण चाँडै सुरु हुन्छ : मन्त्री मेहता
ढल्केबरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माण चाँडै सुरु हुन्छ : मन्त्री मेहता आइतबार, कात्तिक ८, २०८३
मेडिकल प्रवेश परीक्षाको तालिका सार्वजनिक, कुन परीक्षा कहिले ?
मेडिकल प्रवेश परीक्षाको तालिका सार्वजनिक, कुन परीक्षा कहिले ? आइतबार, कात्तिक ८, २०८३
सानो पिपरामा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान
सानो पिपरामा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान शनिबार, कात्तिक ७, २०८३
भारतमा क्यान्सर औषधि सस्तिने, नेपाली बिरामीलाई पनि राहतको अपेक्षा
भारतमा क्यान्सर औषधि सस्तिने, नेपाली बिरामीलाई पनि राहतको अपेक्षा बिहीबार, कात्तिक ५, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ वीरगंज सिटी
कांग्रेस सांसदकै कोठामा चोरी भएपछि सुरक्षा व्यवस्थामाथि प्रश्न
कांग्रेस सांसदकै कोठामा चोरी भएपछि सुरक्षा व्यवस्थामाथि प्रश्न वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
बैंकको सीएसआर रकम वीरगंजकै समाजमा लगानी गर्न सांसद पन्तको आग्रह
बैंकको सीएसआर रकम वीरगंजकै समाजमा लगानी गर्न सांसद पन्तको आग्रह वीरगंज सिटी
जगरनाथपुरमा दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
जगरनाथपुरमा दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न वीरगंज सिटी
वीरगंजमा महिलालाई आत्मनिर्भर बनाउन तीनमहिने सिलाइकटाइ तथा ब्युटिसियन तालिम सुरु
वीरगंजमा महिलालाई आत्मनिर्भर बनाउन तीनमहिने सिलाइकटाइ तथा ब्युटिसियन तालिम सुरु वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ?
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ? वीरगंज सिटी
छठ नजिकिँदै छ, तर सिर्सिया नदी दुर्गन्धित र प्रदूषित छ। आस्था र जनस्वास्थ्यसँग जोडिएको यो समस्याको जिम्मेवारी कसले लिने र नदी कहिले सफा हुने ?
छठ नजिकिँदै छ, तर सिर्सिया नदी दुर्गन्धित र प्रदूषित छ। आस्था र जनस्वास्थ्यसँग जोडिएको यो समस्याको जिम्मेवारी कसले लिने र नदी कहिले सफा हुने ? वीरगंज सिटी
उद्यमी मञ्च
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
कमलको उत्कृष्ट प्रदर्शनमा चितवनसँग विराटनगर पराजित
कमलको उत्कृष्ट प्रदर्शनमा चितवनसँग विराटनगर पराजित वीरगंज सिटी
एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली र जनकपुर भिड्दै
एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली र जनकपुर भिड्दै वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP