सामाजिक सद्भाव खलबल्याएको आरोपमा प्रहरीले मधेस प्रदेशका पाँच जिल्लाबाट ३६ जनालाई पक्राउ गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ पर्नेमा धनुषाका १९, सर्लाहीका ९, सिरहाका ५, महोत्तरीका २ र पर्साका १ जना रहेका छन् ।
प्रहरीले पक्राउ परेकामाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ ।