जिल्ला प्रशासन कार्यालय, सिरहाले लहान नगरपालिका क्षेत्रमा जारी कर्फ्यू आदेश हटाएको छ ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार जिल्लाको सुरक्षा अवस्था सहज बन्दै गएपछि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम साउन १६ गते बिहान १० बजेदेखि लागू हुने गरी कर्फ्यू हटाइएको हो ।
प्रशासनले कर्फ्यू हटेसँगै लहान क्षेत्रको जनजीवन तथा आवतजावत क्रमशः सामान्य हुने अपेक्षा गरेको छ ।