दुई समुदायबीच उत्पन्न तनाव साम्य पार्न तथा शान्ति–सुरक्षा सुदृढ बनाउन गृहमन्त्री सुदन गुरुङ धनुषा पुग्नुभएको छ ।
गृहमन्त्री गुरुङले शनिबार जिल्ला प्रशासन कार्यालय धनुषामा स्थानीय हिन्दूवादी सङ्गठनका प्रतिनिधिसँग वार्ता सुरु गर्नुभएको हो । वार्तामा जिल्लाको शान्ति–सुरक्षा, सामाजिक तथा धार्मिक सद्भाव कायम राख्ने र दुवै पक्षबीचको असमझदारी अन्त्य गर्ने विषयमा छलफल भइरहेको छ ।
छलफलमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, प्रतिनिधिसभा सदस्य मनिष झा, हिन्दू सम्राट सेनाका प्रतिनिधिलगायतको सहभागिता रहेको छ ।