सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको शव आज औरही गाउँपालिका–२, मोतिपुरस्थित निवासमा ल्याइने भएको छ ।
परिवारका अनुसार शव प्राप्त भएपछि आजै अन्त्येष्टि गर्ने तयारी गरिएको छ। शव ल्याउने तयारीसँगै मृतकको घरमा स्थानीयवासी तथा आफन्तहरूको उपस्थिति बढिरहेको छ ।
नेपाली सेनाको हेलिकोप्टरमार्फत धरानबाट शव ल्याउने व्यवस्था गरिएको छ। शव घर पुगेपछि अन्त्येष्टिका लागि एम्बुलेन्स तथा दाउरासहित आवश्यक तयारी पूरा गरिएको स्थानीयले बताएका छन् ।