सर्लाही प्रहरीले १०९ केजी लागूऔषध गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर र इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिका–१ स्थित जिल्ला ट्राफिक कार्यालय नवलपुर अगाडि बागमतीबाट जनकपुरतर्फ जाँदै गरेको BR 09 M 3766 नम्बरको भारतीय कार जाँच गर्ने क्रममा कारको डिक्कीमा लुकाइछिपाइ राखिएको २३ वटा पोकामा प्याक गरिएको करिब १०९ केजी गाँजा (प्लास्टिकसहित) बरामद गरेको हो ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य, सितामढी जिल्ला, समुद्र थाना क्षेत्रका २६ वर्षीय दीपक कुमार महतो र २५ वर्षीय अमन कुमार रहेका छन् ।
प्रहरीले बरामद गरिएको गाँजा, कार तथा पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।