वीरगंजका व्यापारी प्रेमकुमार जाटियालाई अदालतको आदेश अनुसार पर्सा प्रहरीले पक्राउ गरेको छ ।
वि.स. २०७१ सालमा वीरगंजको छपकैयास्थित श्रीराम कोलोनीमा माटो पुर्ने ठेक्का लिएर पनि पाँच लाख रुपैयाँ भुक्तानी नगरेको आरोपमा ठेकेदार कम्पनी सत्यम सप्लायर्सले दायर गरेको मुद्दा बमोजिम उनलाई अदालतकाे अादेश बमोजिम पक्राउ गरिएकाे हाे ।
पर्सा प्रहरीको टोलीले वीरगंज लिंकरोडस्थित गरिमा विकास बैंकको माथि रहेको युनिक फर्मास्युटिकल्सको कार्यालयबाट जाटियालाई नियन्त्रणमा लिएको हो । सत्यम सप्लायर्स कम्पनीका सञ्चालक सञ्जयकुमार श्रीवास्तव र संगीता कुमारीको मुद्दामा अदालतले २०७१ वैशाख २ गते बिगो असूल गर्न आदेश दिएको थियो । जाटियाले उक्त बिगो नतिरेपछि अदालतले २०८१ कात्तिक २ गतेको फैसलामा उनलाई ६ महिनाको कैद सजाय तोक्दै बिगो असूल गर्न आदेश गरेको थियो ।
पक्राउ परेको जाटिया औद्योगिक क्षेत्रका ठूला लगानीकर्तामध्ये एक हुन् र उनको रियल स्टिल, मैग्नस फर्मास्युटिकल्स, श्रीराम कोलोनी र युनिक फर्मास्युटिकल्सजस्ता ठूला उद्योगहरूमा लगानी रहेको छ ।