विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिका वडा नं. १६ स्थित इनर्वा भन्सार आसपासका होटलहरूमा अनैतिक क्रियाकलाप भैरहेको आशंकामा छापा मारेको छ ।
प्रहरीका अनुसार वडा प्रहरी कार्यालय विर्ता र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले विभिन्न स्थानबाट अनैतिक क्रियाकलापमा संलग्न ७ महिला र ५ पुरुष गरी १२ जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । पर्साका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता दीपक भारतीले घटनाबारे जानकारी दिएका छन् ।