शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #उपेन्द्रकुमार साह
  • #सुरजकुमार
  • #सागरकुमार साह
  • #राहुलकुमार गुप्ता
  • #शंकास्पद वित्तीय कारोबार
  • #सरकारी वकिल कार्यालय
  • #२ अर्ब ३९ करोड
  • #वित्तीय अपराध
  • #घुस प्रकरण
यहाँ खोज्नुहोस्
your add here your add here
समाज
  • गृहपृष्ठ
  • समाज
  • ग्यासको अभावसँगै मधेशमा गुइँठा र दाउराको प्रयोग बढ्दै
ग्यासको अभावसँगै मधेशमा गुइँठा र दाउराको प्रयोग बढ्दै
वीरगंज सिटी
वीरगंज सिटी आइतबार, साउन ३१, २०८३
A1 Beakery Add A1 Beakery Add

सप्तरीसहित मधेश प्रदेशका ग्रामीण तथा सहरी क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव हुन थालेपछि सर्वसाधारणले वैकल्पिक इन्धनको प्रयोग बढाउन थालेका छन् । ग्यास सहज रूपमा उपलब्ध हुन नसकेपछि कतिपय परिवारले दाउरा र गोबरबाट बनाइएको गुइँठाको जोहो गर्न थालेका छन् ।

रुपनी गाउँपालिका–२ की सुगन्धीदेवीले ग्यासको अभाव हुन सक्ने अनुमान गर्दै पहिल्यैदेखि गोबरको गुइँठा बनाएर भण्डारण गर्नुभएको छ । घरमा आवश्यक पर्ने गुइँठा आफैँ बनाउनुका साथै छरछिमेकबाट समेत केही मात्रामा खरिद गरेर राखेको उहाँले बताउनुभयो । “ग्यास नपाउँदा खाना पकाउन समस्या हुन्छ । त्यसैले गोबरको गुइँठा बनाएर राखेकी छु । केही छिमेकीबाट पनि किनेर जोहो गरेकी छु,” सुगन्धीदेवीले भन्नुभयो ।

राजविराज नगरपालिका–९ विषहरियाकी लखियादेवीले पनि ग्यास अभावका बेला प्रयोग गर्न गुइँठा भण्डारण गर्नुभएको छ । उहाँले गुइँठा राख्नकै लागि घरनजिकै छुट्टै ‘गुइँठा घर’ समेत बनाउनुभएको छ । वर्षभरि घरायसी प्रयोजनका लागि प्रयोग गर्ने गरी गुइँठा बनाउने गरेको उहाँले बताउनुभयो । ग्यास अभाव भएपछि अहिले छरछिमेकमा आवश्यक परेका परिवारलाई समेत थोरै–थोरै गुइँठा सहयोग गर्ने गरेको लखियादेवीको भनाइ छ ।

“गुइँठा बेच्नका लागि बनाएको होइन । आफ्नै घरमा वर्षभरि प्रयोग गर्न भण्डार गरेर राख्छु । अहिले ग्यास नपाउँदा छिमेकीलाई पनि चाहिएको बेला थोरै दिने गरेकी छु,” उहाँले भन्नुभयो ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

कात्तिकदेखि गुइँठा बनाउन थालिन्छ

स्थानीय महिलाका अनुसार गुइँठा बनाउने काम विशेषगरी कात्तिक–मङ्सिरदेखि सुरु हुन्छ । जाडो सकिएपछि चैत–वैशाखतिर पर्याप्त मात्रामा गुइँठा बनाएर वर्षायाम तथा आवश्यकताका लागि भण्डारण गर्ने गरिन्छ ।

स्थानीय सुमित्रादेवीका अनुसार पछिल्लो समय गुइँठा बनाउनसमेत समस्या हुन थालेको छ । गाउँघरमा किसानले व्यक्तिगत रूपमा गाईभैँसी पाल्ने क्रम घट्दै गएपछि गोबर सहज रूपमा पाउन छाडिएको उहाँले बताउनुभयो ।

“पहिले प्रायः घरघरमा गाईभैँसी हुन्थे । गोबर पनि पर्याप्त हुन्थ्यो । अहिले पशुपालन घट्दै गएको छ । जर्सी तथा विकासी जातका गाईभैँसीको गोबरबाट पनि पहिलेको जस्तो गुइँठा बनाइँदैन,” उहाँले भन्नुभयो । परम्परागत रूपमा गोबरलाई माटो वा भुससँग मिसाएर गोलो तथा चेप्टो आकारमा बनाई घाममा सुकाएर गुइँठा तयार गरिन्छ । सुकिसकेपछि यसलाई वर्षायाम तथा आवश्यक परेको समयमा प्रयोग गर्न सुरक्षित रूपमा भण्डारण गर्ने गरिन्छ ।

ग्यासको प्रयोग बढेपछि घटेको थियो दाउराको माग

सहरी क्षेत्रमा एलपी ग्यासको प्रयोग बढ्दै गएपछि दाउरा बेच्ने व्यवसायसमेत लगभग बन्दजस्तै भएको स्थानीयको भनाइ छ । ग्यास सहज रूपमा उपलब्ध हुन थालेपछि दाउराको माग घटेकाले जंगलबाट दाउरा ल्याएर बिक्री गर्ने काम छोडेको रुपनी गाउँपालिकाकी बिन्दा मण्डलले बताउनुभयो ।

“पहिले जंगलबाट दाउरा ल्याएर बजारमा बेच्थ्यौँ। ग्यासको प्रयोग बढेपछि दाउराको माग घट्यो। त्यसैले त्यो काम छोड्यौँ,” उहाँले भन्नुभयो । उहाँका अनुसार अहिले वन क्षेत्रमा सुकेको दाउरा पाउनसमेत कठिन हुन थालेको छ । सुकेको दाउरा खोज्न जंगलभित्र निकै टाढासम्म जानुपर्ने भएकाले एक दिन दाउरा संकलन गर्न र अर्को दिन बजारमा बिक्री गर्न जानुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

“वनमा पहिले जस्तो सजिलै सुकेको दाउरा पाइँदैन । दाउरा खोज्न जंगलको निकै भित्र जानुपर्छ। एक दिन ल्याउने र अर्को दिन बजारमा बेच्न जाने हो भने श्रमअनुसारको आम्दानी पनि हुँदैन,” मण्डलले भन्नुभयो ।

ग्यासको आपूर्ति नियमित हुँदा दाउरा र गुइँठाको प्रयोग घट्दै गएको भए पनि पछिल्लो समय ग्यासको अभाव देखिएपछि ग्रामीण क्षेत्रमा परम्परागत इन्धनको महत्व फेरि बढेको छ । गुइँठा र दाउरा तत्कालका लागि वैकल्पिक इन्धन बने पनि यसको धुवाँका कारण स्वास्थ्य तथा वातावरणमा पर्न सक्ने असरलाई समेत ध्यान दिनुपर्ने स्थानीयको भनाइ छ ।

सर्वसाधारणले खाना पकाउने इन्धनको नियमित र सहज आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । ग्यासको अभाव लामो समयसम्म रहेमा वैकल्पिक इन्धनको जोहो गर्न ग्रामीण तथा न्यून आय भएका परिवारलाई थप कठिन हुने उनीहरूको भनाइ छ ।

भिडियाे सामाग्री


प्रकाशित मिति: आइतबार, साउन ३१, २०८३  १३:१८
#मधेश प्रदेश #सप्तरी #राजविराज #इन्धन संकट #रुपनी गाउँपालिका #मधेश समाचार #एलपी ग्यास #ग्यास अभाव #ग्रामीण क्षेत्र #गुइँठा #दाउरा #वैकल्पिक इन्धन #खाना पकाउने इन्धन
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप समाज
श्रीमानको पर्खाइमा दरोपती : “जति वर्ष लागे पनि कुर्छु”
श्रीमानको पर्खाइमा दरोपती : “जति वर्ष लागे पनि कुर्छु” बुधबार, असोज २१, २०८३
जीतपुरसिमरामा योजना सञ्चालनदेखि भुक्तानीसम्म वडा सचिवकै जिम्मा
जीतपुरसिमरामा योजना सञ्चालनदेखि भुक्तानीसम्म वडा सचिवकै जिम्मा बुधबार, असोज २१, २०८३
माडीमा खोलाको बाढीले एम्बुलेन्स बगायो
माडीमा खोलाको बाढीले एम्बुलेन्स बगायो बुधबार, असोज २१, २०८३
ट्रान्सफर्मर चोरीको संगठित गिरोह प्रहरी नियन्त्रणमा
ट्रान्सफर्मर चोरीको संगठित गिरोह प्रहरी नियन्त्रणमा बुधबार, असोज २१, २०८३
बारामा तीन थान बन्दुकसहित दुई जना पक्राउ
बारामा तीन थान बन्दुकसहित दुई जना पक्राउ बुधबार, असोज २१, २०८३
घुस रकमसहित मलंगवा नगरपालिकाका इन्जिनियर यादव पक्राउ
घुस रकमसहित मलंगवा नगरपालिकाका इन्जिनियर यादव पक्राउ बुधबार, असोज २१, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित)
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित) जितेन्द्र साह
Titan Birgunj Titan Birgunj
समाज
दक्षिण कोरिया पठाइदिने भन्दै छोरालाई अलपत्र पारेको आरोपमा आरोपी पक्राउ
दक्षिण कोरिया पठाइदिने भन्दै छोरालाई अलपत्र पारेको आरोपमा आरोपी पक्राउ वीरगंज सिटी
पोखरामा ग्यास चुहावटबाट आगलागीको कृत्रिम अभ्यास, सुरक्षा निकायले देखायो उद्धार तथा प्रतिकार्य
पोखरामा ग्यास चुहावटबाट आगलागीको कृत्रिम अभ्यास, सुरक्षा निकायले देखायो उद्धार तथा प्रतिकार्य वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंज–११ मा वडा अध्यक्षकै घर जाने बाटो हल्का वर्षामै जलमग्न
वीरगंज–११ मा वडा अध्यक्षकै घर जाने बाटो हल्का वर्षामै जलमग्न वीरगंज सिटी
चिन्ता सामान्य कि मानसिक स्वास्थ्यको गम्भीर संकेत ?
चिन्ता सामान्य कि मानसिक स्वास्थ्यको गम्भीर संकेत ? वीरगंज सिटी
करोडौँ खर्च, २३ वर्ष बित्दा पनि अधुरै बीपी उद्यान
करोडौँ खर्च, २३ वर्ष बित्दा पनि अधुरै बीपी उद्यान वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
आफ्नै जग्गाको मुआब्जा माग्न प्रभावित जग्गाधनीहरू पटक–पटक आन्दोलन र धर्नामा बस्नुपर्ने अवस्था किन ?
आफ्नै जग्गाको मुआब्जा माग्न प्रभावित जग्गाधनीहरू पटक–पटक आन्दोलन र धर्नामा बस्नुपर्ने अवस्था किन ? वीरगंज सिटी
वीरगंज यातायात कार्यालयमा सेवाग्राहीलाई सहज सेवा कि अझै लाइन र सास्ती ?
वीरगंज यातायात कार्यालयमा सेवाग्राहीलाई सहज सेवा कि अझै लाइन र सास्ती ? वीरगंज सिटी
उद्यमी मञ्च
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
मेस्सीको अन्तर्राष्ट्रिय फुटबल यात्रामा पूर्णविराम, ८५ हजार समर्थक बने साक्षी
मेस्सीको अन्तर्राष्ट्रिय फुटबल यात्रामा पूर्णविराम, ८५ हजार समर्थक बने साक्षी वीरगंज सिटी
भारतीय महिला क्रिकेटमा नेतृत्व परिवर्तन, हरमनप्रीतले छाडिन् कप्तानी
भारतीय महिला क्रिकेटमा नेतृत्व परिवर्तन, हरमनप्रीतले छाडिन् कप्तानी वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
९० दिनको छायाङ्कनपछि ‘जुबा’ तयार हुँदै, सौगात मुख्य भूमिकामा
९० दिनको छायाङ्कनपछि ‘जुबा’ तयार हुँदै, सौगात मुख्य भूमिकामा वीरगंज सिटी
गहवा माईको महिमा समेटिएको मनी सिंहको नयाँ भक्ति गीत ‘गहवा माई के जब होला सिंगार’ सार्वजनिक
गहवा माईको महिमा समेटिएको मनी सिंहको नयाँ भक्ति गीत ‘गहवा माई के जब होला सिंगार’ सार्वजनिक वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP