जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना तथा सम्मानमा आज ‘जेन–जी शहीद दिवस’ मनाइँदैछ ।
गत २३ भदौमा भएको जेन–जी विद्रोहले मुलुकको राजनीतिक परिस्थितिमा ठूलो उथलपुथल ल्याएको थियो। आन्दोलन चर्किएपछि तत्कालीन सरकार विघटन भएको थियो भने पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन गरिएको थियो ।
आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति सम्मान प्रकट गर्दै सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ। शहीद दिवसका अवसरमा विभिन्न स्थानमा श्रद्धाञ्जली तथा स्मृतिसभालगायतका कार्यक्रम आयोजना गरिँदैछन् ।जेन–जी आन्दोलनले देशको राजनीतिक परिवर्तनमा महत्वपूर्ण प्रभाव पारेको भन्दै आन्दोलनमा ज्यान गुमाएका युवाको योगदानलाई स्मरण गरिएको छ ।