पाल भलिबल लिग ९एनभीएल०को लिग चरणको अन्तिम खेलमा कर्णाली शिवराजले मधेश वरियर्समाथि ३–१ को जित निकाल्दै प्लेअफमा स्थान सुरक्षित गरेको छ। राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को कभर्ड हलमा भएको खेलमा कर्णालीले मधेशलाई २५–२०, २५–२०, २१–२५ र २५–१९ को सेटमा पराजित गर्यो। पहिलो दुई सेटमा लगातार जित निकालेको कर्णालीले तेस्रो सेट मधेशलाई सुम्पिएको थियो। तर चौथो सेटमा पुनरागमन गर्दै २५–१९ को जितसहित खेल आफ्नो पक्षमा पार्यो। लिग चरणमा कर्णालीले चार खेलमा तीन जित हात पारेको छ। उसले अन्नपूर्ण स्पाइकर किंग्स, खप्तड फाल्कन्स र सगरमाथा स्म्यासर्सलाई पराजित गरेको थियो भने काठमाडौं रेड्ससँग पराजित भएको थियो।
अब कर्णालीले प्लेअफमा काठमाडौं रेड्सको सामना गर्नेछ। उक्त खेलको विजेताले फाइनलमा यसअघि नै स्थान बनाइसकेको अन्नपूर्ण स्पाइकर किंग्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। मधेश वरियर्सले भने प्रतियोगितामा एक खेल मात्रै जित्न सफल भयो। लगातार तीन खेलमा पराजित भएको मधेशले चौथो खेलमा खप्तड फाल्कन्सलाई हराएको थियो। उसले सगरमाथा स्म्यासर्स, काठमाडौं रेड्स र अन्नपूर्ण स्पाइकर किंग्ससँग हार बेहोरेको थियो। यसै दिन भएको पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किंग्सले सगरमाथा स्म्यासर्सलाई ३–१ को सेटमा पराजित गरेको थियो। लिग चरणको अर्को खेलमा काठमाडौं रेड्स र खप्तड फाल्कन्सबीच प्रतिस्पर्धा हुँदैछ।
प्रतियोगितामा ६ पुरुष टोली सहभागी छन्। लिग चरणमा सबै टोलीले एकअर्काविरुद्ध सिंगल राउन्ड रोबिन प्रणालीमा खेलिरहेका छन्। लिगको शीर्ष स्थानमा रहने टोलीले सिधै फाइनलमा प्रवेश गर्नेछ भने दोस्रो र तेस्रो स्थानका टोलीले अर्को फाइनलिस्ट बन्न प्लेअफ खेल्नेछन्। नेपाल भलिबल लिगको कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ रहेको छ। विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिताको फाइनल भदौ २८ गते आयोजना हुनेछ।