छठ पूजा व्यवस्थापन समिति, स्विमिङ पुल परिसर वीरगञ्जको अध्यक्षमा नन्दु ठाकुर निर्वाचित भएका छन् ।
समितिको हालै सम्पन्न निर्वाचनमा ठाकुरले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई २० मतको अन्तरले पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएको हो ।
निर्वाचनबाट समितिको उपाध्यक्षमा ज्ञानेन्द्र सरार्फ, विष्णुबहादुर घर्ती र राजेश प्रजापति त्यस्तै, कोषाध्यक्षमा सोहेन्द्र यादव, सह–कोषाध्यक्षमा अनिलकुमार दास, सचिवमा सुभाष महर्जन र सह–सचिवमा जितेन्द्र सर्राफ चयन भएका हुन् ।
नवनिर्वाचित अध्यक्ष ठाकुरले वीरगंजको स्विमिङ पुल परिसरमा मनाइने छठ पर्वलाई यस वर्ष अझ व्यवस्थित, सुरक्षित, सभ्य र भव्य रूपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले छठ पर्वसँग जोडिएका सम्पूर्ण पक्षसँग सहकार्य गर्दै श्रद्धालुहरूको सहजता र सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।
समितिले छठ पर्वको तयारीसँगै घाट व्यवस्थापन, सरसफाइ, विद्युत् तथा प्रकाश व्यवस्था, सुरक्षा, खानेपानी र श्रद्धालुहरूको सुविधालाई प्राथमिकतामा राखेर आवश्यक तयारी अघि बढाउने भएको छ ।