वीरगंजको अलौ नाकाबाट प्रहरीले मोटरसाइकलको ट्यांकीभित्र फल्स बटम बनाएर लुकाइएको करिब साढे ९ किलो लागुऔषध चरेससहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म अलौबाट खटिएको गाडी मोबाइल टोलीले मंगलबार वीरगंज महानगरपालिका–१७, अलौमा भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँच गर्ने क्रममा चरेस फेला पारेको हो ।
सशस्त्र प्रहरीका अनुसार मोटरसाइकलको ट्यांकीभित्र फल्स बटम बनाएर २१ वटा पोकामा चरेस लुकाइएको अवस्थामा बरामद गरिएको थियो। जाँचका क्रममा प्रहरीले एक थान मोबाइल फोन र लागुऔषध ओसारपसारमा प्रयोग भएको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ । पक्राउ परेका भारतीय नागरिकको पहिचान भने प्रहरीले सार्वजनिक गरेको छैन ।
बरामद चरेस, मोटरसाइकल र अन्य सामग्रीसहित पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय श्रीपुरमा बुझाइएको सशस्त्र प्रहरीका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए ।