नेपाल नागरिक फाउन्डेसन पर्सा, वीरगंजको आयोजना तथा वीरगंज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा वीरगंज महानगरपालिका–११, श्रीपुरमा एकदिने निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ ।
नेपाल नागरिक फाउन्डेसनका अध्यक्ष सुरज महतो धानुकको सभापतित्व तथा नेता सुन्दर कुर्मीको प्रमुख आतिथ्यमा आयोजित शिविरमा ज्येष्ठ नागरिक, अल्पसंख्यक तथा आर्थिक रूपमा विपन्न स्थानीयवासीको निःशुल्क आँखा परीक्षण गरिएको थियो । फाउन्डेसनका अध्यक्ष धानुकले वडावासीलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले वीरगंज सामुदायिक आँखा अस्पतालसँगको समन्वय र सहकार्यमा शिविर आयोजना गरिएको बताए। उनले आगामी दिनमा मोतियाबिन्दु भएका बिरामीका लागि निःशुल्क शल्यक्रियाको समेत व्यवस्था गरिने जानकारी दिए ।
वीरगंज सामुदायिक आँखा अस्पतालका चिकित्सक महेश सिंह धामीको नेतृत्वमा खटिएको प्राविधिक टोलीले शिविरमा स्वास्थ्य सेवा प्रदान गरेको थियो। टोलीमा राजेश चौधरी, श्रुति चौधरी र ओमप्रकाश दास थारूलगायत स्वास्थ्यकर्मी सहभागी थिए । चिकित्सक धामीका अनुसार शिविरमा ८५ जनाको आँखा परीक्षण गरिएकोमा २५ जनामा मोतियाबिन्दुको समस्या देखिएको छ । मोतियाबिन्दु देखिएका बिरामीलाई थप उपचार तथा आवश्यक परामर्शका लागि शनिबार सम्बन्धित अस्पतालमा सम्पर्क गर्न सुझाव दिइएको छ ।
शिविरमा वीरगंज महानगरपालिका–११ का वडाध्यक्ष अजय चौरसिया, पूर्ववडाध्यक्ष प्रदुमन सेढाई, फाउन्डेसनका सचिव रामप्रीत महतो धानुक, कोषाध्यक्ष ज्ञानेन्द्र महतो धानुक, सदस्य राजकुमार महतो धानुक, राम शाहलगायत स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो ।
भिडियाे रिपाेर्ट