काठमाडौं — महिला टी-२० अन्तर्राष्ट्रिय शृंखलामा नेपाल थाइल्यान्डसँग ४ विकेटले पराजित भएको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको १०२ रनको लक्ष्य थाइल्यान्डले १९ ओभरमै पूरा गरेको थियो ।थाइल्यान्डका लागि नन्नापट कन्चरोइन्काले सर्वाधिक ६० रनको उत्कृष्ट प्रदर्शन गरिन् । स्वानान खाइआटोले १४ रन तथा कप्तान नरुइमोल चाइवाइले १३ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका लागि मनिसा उपाध्यायले २ विकेट लिइन् भने कविता कुँवर, रुविना क्षेत्री र कविता जोशीले समान १-१ विकेट लिए ।
नेपालको ब्याटिङ प्रदर्शन
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १०१ रन बनाएको थियो ।
- कविता कुँवर – २५ रन
- बिन्दु रावल – २५ रन
- कप्तान इन्दु बर्मा – १५ रन
अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।
यसअघि नेपाल नेदरल्यान्ड्ससँग पनि पराजित भएको थियो ।