महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा एक महिलाको विभत्स हत्या भएको छ ।
गौशाला नगरपालिका–८ निवासी अभिषेक यादवकी १९ वर्षीया श्रीमती खुश्बु यादवको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार खुश्बु राति घरबाट निस्केकी थिइन् । तर, आज बिहान उनको शव गौशाला नगरपालिका–५ स्थित विद्युत् प्राधिकरण कार्यालयबाट करिब ५०० मिटर उत्तरतर्फको खेतमा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी सन्तुलाल जैसवारले जानकारी दिएका छन् ।
हत्याको कारण र संलग्न व्यक्तिहरूबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।