सशस्त्र प्रहरी बलको टोलीले पर्साका विभिन्न स्थानबाट भन्सार छली ल्याइएका तथा लुकाइराखिएका १७ लाख ५६ हजार ९९० रुपैयाँ बराबरका मोबाइल पार्टस् र कपडा बरामद गरेको छ ।
नियमित गस्तीका क्रममा वीरगंज महानगरपालिका–१ नैकाटोलाबाट ६ लाख ९८ हजार ४५० रुपैयाँ बराबरका मोबाइल पार्टस् बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । भारतबाट भन्सार छली ल्याइएका उक्त सामान छाडेर दुई जना व्यक्ति फरार भएका थिए ।
त्यसैगरी, पकाहामैनपुर गाउँपालिका–५ सबैठवास्थित एक गोठमा लुकाइराखिएको अवस्थामा १० लाख ५८ हजार ५४० रुपैयाँ बराबरका कपडा बरामद गरिएको हो ।
बरामद गरिएका मोबाइल पार्टस् र कपडा आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक प्रकाशचन्द्र भट्टले जानकारी दिए ।