बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित जगदम्बा स्टिलनजिक एक व्यक्तिमाथि धारिलो हतियार प्रहार भएको छ ।
धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका शेरबहादुर खड्काको सिमरा अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार जगदम्बा स्टिलको छेउमा रहेको समजना स्टाफ होटलअगाडि अज्ञात व्यक्तिले खड्कामाथि धारिलो हतियार प्रहार गरेका थिए। घटनापछि उनलाई तत्काल उपचारका लागि सिमरा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
घटनालगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का उठाउनुका साथै घटनाबारे अनुसन्धान सुरु गरेको छ । घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाको कारण तथा संलग्न व्यक्तिको पहिचानबारे थप विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
स्थानीय बासिन्दाले पछिल्लो समय उक्त क्षेत्रमा आपराधिक गतिविधि बढ्दै गएको बताएका छन् ।
भिडियाे रिपाेर्ट