सशस्त्र प्रहरी बल कोल्हबीका नयाँ प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक (सई) रामअयोध्या महतोलाई स्वागत तथा कार्यकाल पूरा गरी सरुवा भएका अशिव चौधरीलाई आइतबार बिदाइ गरिएको छ।
कार्यक्रममा सहभागीहरूले चौधरीले कोल्हबी क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी जिम्मेवारीका लागि शुभकामना व्यक्त गरे। साथै, नयाँ प्रमुख महतोसँग स्थानीय तह, नागरिक, उद्योगी–व्यवसायी तथा सुरक्षा निकायबीच सहकार्य र समन्वयलाई निरन्तरता दिने अपेक्षा व्यक्त गरिएको थियो।
कार्यक्रममा कोल्हबी नगरपालिकाका प्रमुख रामप्रसाद चौधरी, उपप्रमुख लक्ष्मी कुमारी चौधरी, पूर्वनगर प्रमुख भरतबहादुर भण्डारी, इलाका प्रहरी कार्यालय कोल्हबीका प्रमुख बुद्धिमान चोङ्वाङलगायत स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी तथा समाजसेवीहरूको उपस्थिति थियो।