सिमरा । बाराको सिमरास्थित मामाघर आएका एक तीन वर्षीय बालक ७ दिनदेखि बेपत्ता भएका छन् । अपहरणको आशंका गर्दै परिवारजनले प्रहरीमा उजुरी दिएका छन् ।
जितपुर सिमरा उपमहानगरपालिका–७ का रञ्जित जैसवालको घर अगाडि खेल्दै गरेका रौतहटको दुर्गा भवानी गाउँपालिका–१ निवासी तीन वर्षीय हन्स चौधरी माघ १७ गते बिहान ९ बजेतिर बेपत्ता भएका हुन् ।
बारा प्रहरीका प्रवक्ता प्रकाश सापकोटाका अनुसार बालक खेल्ने क्रममा हराएका थिए ।
अपहरणको आशंका
बालक हराएको दिनदेखि नै परिवारजनले अपहरणको आशंका गरेका छन् । प्रहरीले खोजी कार्य जारी राखेपनि हालसम्म कुनै पत्ता लाग्न सकेको छैन । बालक गत दुई महिनादेखि मामाघरमा बस्दै आएका थिए ।
बेपत्ता हुँदा उनी रातो हुड र निलो पाइन्ट लगाएको अवस्थामा थिए । प्रहरीले परिवारजनको समन्वयमा खोजी कार्य जारी राखेको जनाएको छ ।
बालकको हुलिया
▶ उमेर: ३ वर्ष
▶ पहिरन: रातो रंगको हुड, निलो रंगको पाइन्ट
▶ बेपत्ता स्थान: जितपुर सिमरा उपमहानगरपालिका–७, बारा