रौतहटमा प्रहरीले कटुवा पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहारको मोतिहारीस्थित श्रीपुर ग्रामका ३७ वर्षीय गोविन्द दास रहेका छन्।
प्रहरीका अनुसार दास पेस्तोल बोकेर हिँडिरहेको सूचना पाएपछि उनलाई पक्राउ गरिएको हो। सूचना पाएलगत्तै प्रहरी चौकी नरकटिया मोतिपुर र सशस्त्र प्रहरीको बंकुलस्थित पोष्टबाट संयुक्त टोली परिचालन गरिएको थियो।
प्रहरी चौकी नरकटिया मोतिपुरका प्रहरी सहायक निरीक्षक ज्ञानबहादुर श्रेष्ठ र सशस्त्र प्रहरी वरिष्ठ हवल्दार उमेशप्रसाद यादवको नेतृत्वमा खटिएको टोलीले दासलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० बसन्त गौतमका अनुसार दासको साथबाट एक थान १२ बोरे कटुवा पेस्तोल बरामद भएको छ।
पक्राउ परेका दासलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।