पर्साको छिपहरमाई गाउँपालिकामा नेपाली कांग्रेसको दोस्रो गाउँपालिका अधिवेशन सम्पन्न भएको छ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न अधिवेशनबाट छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । त्यस्तै, गाउँपालिका उपसभापतिमा रविन्द्र यादव र सचिवमा पप्पु कुमार यादव सर्वसम्मत चयन भएका छन् ।
नेपाली कांग्रेस पर्साका सहसचिव नवीन सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा कांग्रेसका बुथ सभापति, क्षेत्रीय प्रतिनिधि तथा नेता–कार्यकर्ताको सहभागिता रहेको थियो ।
अधिवेशनमा पार्टीको संगठन सुदृढीकरण तथा आगामी राजनीतिक गतिविधिका विषयमा समेत छलफल भएको जनाइएको छ ।
भिडियाे रिपाेर्ट