पोखरिया नगरपालिका–६ र ८ मा रहेका दुई विद्यालयलाई उपकार सेवा नेपालले ५ थान पंखा सहयोग गरेको छ ।
लायन्स क्लब अफ पोखरियाका अध्यक्ष नेजामुद्दीन शमानीको पहलमा विद्यार्थीको सहज अध्ययन तथा पठनपाठनका लागि पंखा हस्तान्तरण गरिएको हो । वडा नं. ६ स्थित श्री दलित उत्थान प्राथमिक विद्यालय, शिर्सिया र वडा नं. ८ स्थित ने.रा. प्राथमिक विद्यालय, बैरिया बिर्ता, मननपुरलाई पंखा उपलब्ध गराइएको हो ।
आइतबार आयोजित कार्यक्रममा उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी, संरक्षक पद्मा देवी सरावगी, प्रधानाध्यापक विजय पटेल तथा समाजसेवी प्रकाश थारूको उपस्थितिमा विद्यालयका प्रधानाध्यापक रामअयोध्या रौनियारलाई पंखा हस्तान्तरण गरिएको थियो ।
समन्वयकर्ता शमानीले गर्मी मौसममा विद्यार्थीलाई सहज र अनुकूल वातावरणमा अध्ययन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले पंखा प्रदान गरिएको बताए। उपकार सेवा नेपालले शिक्षा तथा सामाजिक क्षेत्रमा यस्ता सेवामूलक कार्यलाई निरन्तरता दिने जनाएको छ ।