शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #उपेन्द्र प्रसाद यादव
  • #प्रहरी पक्राउ
  • #प्रमोद जयसवाल
  • #बैंकिङ कसूर
  • #बैंक खाता ह्याक
  • #बैंकिङ ठगी
  • #डिजिटल बैंकिङ
  • #मोबाइल बैंकिङ
  • #अनधिकृत रकम ट्रान्सफर
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • मधेश प्रदेशको सार्वजनिक वित्त व्यवस्थापन थप पारदर्शी र जवाफदेही बनाउने मुख्यमन्त्री यादवको प्रतिबद्धता
मधेश प्रदेशको सार्वजनिक वित्त व्यवस्थापन थप पारदर्शी र जवाफदेही बनाउने मुख्यमन्त्री यादवको प्रतिबद्धता
वीरगंज सिटी
वीरगंज सिटी सोमबार, असोज १२, २०८३
A1 Beakery Add A1 Beakery Add

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशको सार्वजनिक वित्त व्यवस्थापनलाई थप पारदर्शी, जवाफदेही र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सोमबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजित प्रदेशको पहिलो सार्वजनिक खर्च तथा वित्तीय जवाफदेहिता (पीईएफए) मूल्याङ्कन प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणमार्फत गुणस्तरीय सेवा प्रवाह र विकासका परिणाम हासिल गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले सङ्घीय शासन प्रणालीसँगै प्रदेश सरकारलाई योजना तर्जुमा, बजेट व्यवस्थापन तथा प्रभावकारी सार्वजनिक सेवा प्रवाहको महत्वपूर्ण जिम्मेवारी प्राप्त भएकाले सीमित स्रोतसाधनको अधिकतम, दक्ष र पारदर्शी उपयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।

पीईएफए मूल्याङ्कनले प्रदेशको वित्तीय पारदर्शिता, बजेट योजना तथा खर्च व्यवस्थापन र सार्वजनिक वित्त व्यवस्थापनका आधारभूत संरचना निर्माणमा सकारात्मक प्रगति देखाएको मुख्यमन्त्री यादवले बताउनुभयो । यद्यपि सार्वजनिक खरिद, आन्तरिक नियन्त्रण, वित्तीय निगरानी तथा बजेटको प्रभावकारी योजना र कार्यान्वयनका क्षेत्रमा थप सुधार आवश्यक रहेको उहाँको भनाइ थियो ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

मूल्याङ्कनका निष्कर्षलाई कमजोरीका रूपमा मात्र नलिई प्रदेशको संस्थागत क्षमता सुदृढ गर्ने अवसरका रूपमा उपयोग गरिने मुख्यमन्त्री यादवले बताउनुभयो । सार्वजनिक वित्त व्यवस्थापन सुधार निरन्तर चलिरहने प्रक्रिया भएकाले प्रतिवेदनले आगामी सुधारका लागि स्पष्ट आधार र दिशा प्रदान गरेको उहाँले उल्लेख गर्नुभयो ।

मूल्याङ्कन प्रक्रिया सम्पन्न गर्न सहयोग गर्ने प्रदेशको अर्थ मन्त्रालय, मूल्याङ्कन टोली, सम्बन्धित सरकारी निकाय तथा संस्थाहरूलाई धन्यवाद दिँदै मुख्यमन्त्री यादवले प्राविधिक तथा ज्ञानसम्बन्धी सहयोगका लागि एसियाली विकास बैंक (एडीबी)प्रति आभार व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “मधेश प्रदेश पीईएफए मूल्याङ्कन गर्ने नेपालको दोस्रो प्रदेश बनेको छ । प्राप्त निष्कर्षका आधारमा सार्वजनिक सेवा प्रवाहलाई जनमुखी र प्रभावकारी बनाउने तथा जवाफदेहिता र समावेशी विकासलाई थप सुदृढ गर्नेछौँ ।”

कार्यक्रममा एसियाली विकास बैंक (एडीबी) नेपालका निर्देशक अर्नोड कासोइसले पीईएफए प्रतिवेदनले सङ्घीयतालाई थप बलियो बनाउन सहयोग पुग्ने बताउनुभयो । जनताबाट उठाइएको करको रकम जनमुखी बजेट निर्माण र प्रभावकारी खर्च व्यवस्थापनमा उपयोग गर्न यस्ता मूल्याङ्कन महत्वपूर्ण हुने उहाँको भनाइ थियो । सार्वजनिक वित्त व्यवस्थापन सुधारका लागि एडीबीबाट आवश्यक प्राविधिक सहयोग निरन्तर रहने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सार्वजनिक खर्च तथा वित्तीय जवाफदेहिता मूल्याङ्कनका परामर्शदाता प्रकाशजङ्ग थापाले मधेश प्रदेशको पहिलो मूल्याङ्कनले सार्वजनिक वित्तीय व्यवस्थापनका आधारभूत पक्षमा कमजोरी देखाएको बताउनुभयो । उहाँले विद्यमान प्रणालीमा सुधारको आवश्यकता औँल्याउँदै मूल्याङ्कनले सुधार गर्नुपर्ने क्षेत्र पहिचान गर्न सहयोग गरेको उल्लेख गर्नुभयो ।

मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले पीईएफए मूल्याङ्कन प्रतिवेदन आर्थिक सुशासनको महत्वपूर्ण आधार भएको बताउनुभयो । प्रतिवेदनले आर्थिक सुशासनको बाटो पहिल्याउन सहयोग गर्ने उल्लेख गर्दै उहाँले आगामी दिनमा नीति निर्माण, व्यवस्था तथा प्रणालीमा सुधार गर्दै संस्थागत सुधारमा ध्यान केन्द्रित गरिने बताउनुभयो ।

भविष्यमा हुने सुधारलाई अर्थपूर्ण र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गर्दै अर्थमन्त्री भट्टराईले विकासको प्रमुख आधारमध्ये आर्थिक सुशासन पनि भएकाले प्रदेश सरकार आर्थिक सुशासन प्रवद्र्धनतर्फ अग्रसर रहने बताउनुभयो । पीईएफए मूल्याङ्कनले मधेश प्रदेशमा आर्थिक सुशासन सुधारका लागि बलियो आधार तयार गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

आर्थिक पत्रकार समाज नेपाल (सेजन), मधेश प्रदेश सरकार र एडीबीको संयुक्त आयोजनामा भएको कार्यक्रममा प्रदेश सरकारका सचिव, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष राजकुमार सिंह, सेजनका केन्द्रीय अध्यक्ष भागवत भट्टराईलगायत आर्थिक क्षेत्रसँग सम्बन्धित विभिन्न निकायका प्रतिनिधि तथा सरोकारवालाको सहभागिता थियो ।

भिडियाे रिपाेर्ट


प्रकाशित मिति: सोमबार, असोज १२, २०८३  १५:३९
#मधेश प्रदेश #प्रदेश सरकार #जनकपुरधाम #कृष्णप्रसाद यादव #आर्थिक सुशासन #एसियाली विकास बैंक #सार्वजनिक वित्त व्यवस्थापन #बजेट व्यवस्थापन #पीईएफए मूल्याङ्कन #वित्तीय जवाफदेहिता
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
मधेश सरकार खर्च कटौतीमा, भीभीआईपीका लागि साढे ३ करोडको गाडी खरिद प्रक्रिया अघि
मधेश सरकार खर्च कटौतीमा, भीभीआईपीका लागि साढे ३ करोडको गाडी खरिद प्रक्रिया अघि सोमबार, असोज १२, २०८३
बिटौरी तिरेको भन्दै सरकारी जग्गामा निजी अधिकार दाबी गर्न नमिल्ने
बिटौरी तिरेको भन्दै सरकारी जग्गामा निजी अधिकार दाबी गर्न नमिल्ने सोमबार, असोज १२, २०८३
प्रमुख प्रशासकीय अधिकृत नआएपछि भंगहा नगरपालिकामा मेयरले लगाए ताला
प्रमुख प्रशासकीय अधिकृत नआएपछि भंगहा नगरपालिकामा मेयरले लगाए ताला सोमबार, असोज १२, २०८३
लागूऔषध ओसारपसारको आरोपमा एक जना पक्राउ
लागूऔषध ओसारपसारको आरोपमा एक जना पक्राउ सोमबार, असोज १२, २०८३
सप्तकोशीको बाढीले सप्तरीमा पाँच सय परिवार विस्थापित
सप्तकोशीको बाढीले सप्तरीमा पाँच सय परिवार विस्थापित सोमबार, असोज १२, २०८३
रौतहटमा अवैध सालको काठसहित एक जना पक्राउ
रौतहटमा अवैध सालको काठसहित एक जना पक्राउ सोमबार, असोज १२, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित)
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित) जितेन्द्र साह
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित)
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित) वीरगंज सिटी
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
Titan Birgunj Titan Birgunj
समाज
दुर्गा प्रसाईंलाई प्रहरीले फेरि नियन्त्रणमा लियो
दुर्गा प्रसाईंलाई प्रहरीले फेरि नियन्त्रणमा लियो वीरगंज सिटी
त्रिभुवन विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ
त्रिभुवन विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
क्रियाशील युवा पत्रकार मञ्च नेपालको प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रम सम्पन्न
क्रियाशील युवा पत्रकार मञ्च नेपालको प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रम सम्पन्न वीरगंज सिटी
मनियारीमा वीरगंज लेडिज सर्कल–३ र कपडा बैंकद्वारा निःशुल्क कपडा वितरण
मनियारीमा वीरगंज लेडिज सर्कल–३ र कपडा बैंकद्वारा निःशुल्क कपडा वितरण वीरगंज सिटी
राजेशमान सिंहको नाम जबरा पक्राउ प्रकरणसँग जोडिएको भन्दै वीरगंज महानगर सचिवालयको आपत्ति
राजेशमान सिंहको नाम जबरा पक्राउ प्रकरणसँग जोडिएको भन्दै वीरगंज महानगर सचिवालयको आपत्ति वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
आउँदो चुनावमा  तपाईं कस्तो उम्मेदवार रोज्न चाहनुहुन्छ ? नेता, योजनाकार कि काम गरेर परिणाम देखाउने व्यक्ति  ?
आउँदो चुनावमा तपाईं कस्तो उम्मेदवार रोज्न चाहनुहुन्छ ? नेता, योजनाकार कि काम गरेर परिणाम देखाउने व्यक्ति ? वीरगंज सिटी
मधेशी शहीद पार्क जीर्ण बन्दै, संरक्षणमा कसले ध्यान दिनुपर्ने हाे ?
मधेशी शहीद पार्क जीर्ण बन्दै, संरक्षणमा कसले ध्यान दिनुपर्ने हाे ? वीरगंज सिटी
उद्यमी मञ्च
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री धनन्जय मिश्र
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
सियन गेम्स क्रिकेट : क्वाटरफाइनलमा नेपालले श्रीलंकाको सामना गर्ने
सियन गेम्स क्रिकेट : क्वाटरफाइनलमा नेपालले श्रीलंकाको सामना गर्ने वीरगंज सिटी
क्रिकेटमा नेपालले १२ वर्षपछि अफगानिस्तानलाई हरायो
क्रिकेटमा नेपालले १२ वर्षपछि अफगानिस्तानलाई हरायो वीरगंज सिटी
जनगुनासो
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित)
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित) निक्की नेपाली
मनोरञ्जन
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार वीरगंज सिटी
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP