स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सम्भावित उम्मेदवार र स्थानीय नेतृत्वबारे चर्चा तथा बहस सुरु भएको छ ।
राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले आफ्नो तयारी अघि बढाइरहेका बेला मतदातामाझ भने आगामी निर्वाचनमा कस्तो नेतृत्व छनोट गर्ने भन्ने विषयमा चासो बढेको छ । स्थानीय तहका विकास, सुशासन, सेवा प्रवाह, रोजगारी तथा जनताको दैनिक समस्यालाई प्राथमिकतामा राख्ने नेतृत्वको अपेक्षा मतदाताले गर्दै आएका छन्।
आउँदो स्थानीय तहको निर्वाचनमा तपाईं कस्तो उम्मेदवार रोज्न चाहनुहुन्छ? जनताको आवश्यकता बुझ्ने, योजना बनाएर काम गर्ने वा परिणाम देखाउन सक्ने नेतृत्वमध्ये तपाईंको प्राथमिकता के हो?