शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #राहुलकुमार गुप्ता
  • #शंकास्पद वित्तीय कारोबार
  • #२ अर्ब ३९ करोड
  • #उपेन्द्रकुमार साह
  • #वित्तीय अपराध
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #सुरजकुमार
  • #डीएसपी राजु कार्की
यहाँ खोज्नुहोस्
your add here your add here
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपालको मुख्य लक्ष्य ओडीआई मान्यता जोगाउनु
नेपालको मुख्य लक्ष्य ओडीआई मान्यता जोगाउनु
वीरगंज सिटी
वीरगंज सिटी सोमबार, असोज १९, २०८३
A1 Beakery Add A1 Beakery Add

एसीसी प्रिमियर कपको उपाधि जितेर उत्साहित बनेको नेपाली क्रिकेट टोली अब आईसीसी विश्वकप लिग–२ को निर्णायक चरणमा प्रवेश गर्दैछ । ओमानमा हुने आगामी शृङ्खला नेपालका लागि विश्वकप छनोटको सम्भावना मात्र होइन, एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने दृष्टिले समेत निकै महत्वपूर्ण बनेको छ ।

लिग–२ मा शीर्ष चारभित्र पर्दै सोझै विश्वकप छनोटमा पुग्ने नेपालको सम्भावना निकै कमजोर भइसकेको छ। यद्यपि गणितीय सम्भावना भने अझै बाँकी छ। आगामी खेलका अधिकांश नतिजा नेपालकै पक्षमा आएमा शीर्ष चारमा पुग्ने बाटो खुल्न सक्छ। तर त्यसका लागि अन्य टोलीको प्रदर्शनसमेत नेपालको अनुकूल हुनुपर्नेछ ।

शीर्ष चारमा पर्न नसके पनि नेपालले प्लेअफमार्फत विश्वकप छनोट प्रतियोगितामा पुग्ने अवसर पाउन सक्छ। त्यसैले अहिलेको अवस्थामा नेपालको सबैभन्दा महत्वपूर्ण लक्ष्य लिग–२ को अन्तिम तालिकामा सुरक्षित स्थान बनाउँदै ओडीआई मान्यता जोगाउनु हो ।

नेपाल अहिले ३२ खेलबाट २४ अंकसहित तालिकाको सातौँ स्थानमा छ। छैटौँ स्थानमा रहेको क्यानडाको ३२ खेलबाट २५ अंक छ। नेपालभन्दा माथि ओमान २८ खेलबाट ३१ अंकसहित चौथो, नामिबिया ३३ खेलबाट २९ अंकसहित पाँचौँ र क्यानडा २५ अंकसहित छैटौँ स्थानमा छन्। आठौँ स्थानमा रहेको यूएईको २९ खेलबाट १९ अंक छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

अब ओमानमा नेपालले आयोजक ओमान र क्यानडासँग चार खेल खेल्नेछ। यी खेलमा नेपालले अधिकतम अंक हासिल गर्न सके तालिकामा आफ्नो स्थिति सुधार गर्ने बलियो अवसर पाउनेछ ।

विशेषगरी क्यानडाविरुद्धका दुई खेल नेपालको समीकरणका लागि निर्णायक बन्न सक्छन्। नेपालले क्यानडालाई दुवै खेलमा पराजित गर्न सके अंक तालिकामा आफूभन्दा अगाडि रहेको टोलीलाई पछि पार्ने आधार तयार हुनेछ । ओमानविरुद्ध पनि राम्रो नतिजा निकाल्न सके नेपाल शीर्ष ६ मा पुग्ने सम्भावना अझ बलियो हुनेछ ।

नेपालले आगामी चारमध्ये तीन वा चारै खेल जित्न सके ३० देखि ३२ अंकसम्म पुग्नेछ। यस्तो अवस्थामा शीर्ष ६ मा रहने सम्भावना निकै बलियो बन्नेछ। तर जित निकाल्न नसके नेपालले अन्य टोलीको नतिजामा समेत निर्भर रहनुपर्ने अवस्था आउन सक्छ ।

यसपछि यूएई, नेदरल्यान्ड्स र ओमानबीच लिग–२ को अन्तिम शृङ्खला हुनेछ। त्यसैले ओमानमा हुने नेपालको प्रदर्शनले अन्तिम अंक तालिकाको समीकरणलाई समेत ठूलो प्रभाव पार्नेछ ।

कप्तानी परिवर्तनपछि नयाँ चुनौती

नेदरल्यान्ड्समा भएको पछिल्लो लिग–२ शृङ्खलामा नेपालले चारै खेल गुमाएको थियो। त्यसपछि टोलीको कप्तानीमा परिवर्तन गर्दै रोहित पौडेलको स्थानमा सन्दीप लामिछानेलाई जिम्मेवारी दिइएको छ ।

सन्दीपको कप्तानीमा नेपालले हालै एसीसी प्रिमियर कपको उपाधि जितेको छ। त्यसले टोलीको मनोबल बढाएको भए पनि लिग–२ मा भने नेपालले आफ्नो प्रदर्शनमा उल्लेख्य सुधार गर्नुपर्ने आवश्यकता छ ।

कप्तान सन्दीपले टोलीको लयमा परिवर्तन आएको बताउँदै ओडीआई मान्यता जोगाउने र विश्वकप छनोटसम्म पुग्ने लक्ष्य रहेको बताएका छन् ।

मुख्य प्रशिक्षक स्टुअर्ट लका लागि पनि ओमान शृङ्खला निकै महत्वपूर्ण छ। उनले केवल जितको लक्ष्य राख्नु पर्याप्त नभई त्यसका लागि स्पष्ट योजना र सही प्रक्रियासहित मैदानमा प्रदर्शन गर्नुपर्नेमा जोड दिएका छन् ।

टोलीमा केही परिवर्तन

नेपालले एसीसी प्रिमियर कपमा सहभागी टोलीलाई नै अधिकांश रूपमा निरन्तरता दिएको छ। हेमन्त धामीको स्थानमा नन्दन यादवलाई टोलीमा फर्काइएको छ भने बायाँहाते स्पिनर शाहब आलम पनि टोलीमा समावेश भएका छन् ।

आसिफ शेख र अर्जुन कुमालले ओपनिङको जिम्मेवारी निरन्तरता पाउने सम्भावना छ। त्यसपछि इशान पाण्डे, देव खनाल र रोहित पौडेलजस्ता ब्याटर विकल्पमा छन् ।

मध्यक्रममा दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, सन्दीप जोरालगायत खेलाडी रहनेछन्। बलिङतर्फ करण केसी र नन्दन यादवसँगै कप्तान सन्दीप लामिछाने, ललित राजवंशी, शेर मल्ल र शाहब आलम मुख्य विकल्पका रूपमा छन् ।

नेपालसँग पेसभन्दा स्पिन बलिङमा बढी विकल्प देखिन्छ। सन्दीप, ललित, शाहब, शेर र बसिर अहमदसँगै दीपेन्द्र र रोहितले पनि आवश्यकताअनुसार बलिङ गर्न सक्छन् ।

अब यी विकल्पमध्ये मैदानमा कुन संयोजनसहित नेपाल उत्रिन्छ भन्ने विषय पनि महत्वपूर्ण हुनेछ। तर एउटा कुरा स्पष्ट छ—ओमानमा हुने शृङ्खलामा नेपालले अंक गुमाउने सुविधा निकै कम छ। ओडीआई मान्यता जोगाउने यात्रामा प्रत्येक खेलको नतिजा निर्णायक बन्नेछ ।


प्रकाशित मिति: सोमबार, असोज १९, २०८३  १५:२२
#नेपाली क्रिकेट #सन्दीप लामिछाने #क्रिकेट #क्यानडा #विश्वकप छनोट #नेपाल क्रिकेट टोली #ओमान #आईसीसी विश्वकप लिग–२ #ओडीआई मान्यता #एसीसी प्रिमियर कप #ओमान शृङ्खला
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप खेलकुद
कोल्हबीमा असोज २६ देखि नगरस्तरीय लिग फुटबल प्रतियोगिता हुने
कोल्हबीमा असोज २६ देखि नगरस्तरीय लिग फुटबल प्रतियोगिता हुने सोमबार, असोज १९, २०८३
धरानलाई ७–१ ले हराउँदै नेपाल पुलिस क्लब जीतपुरसिमरा महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा
धरानलाई ७–१ ले हराउँदै नेपाल पुलिस क्लब जीतपुरसिमरा महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा सोमबार, असोज १९, २०८३
जीतपुरसिमरा महिला फुटबलको उद्घाटन खेलमा आयोजक सिमरा भेट्रान क्लब विजयी
जीतपुरसिमरा महिला फुटबलको उद्घाटन खेलमा आयोजक सिमरा भेट्रान क्लब विजयी आइतबार, असोज १८, २०८३
पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसियाली खेलकुदको क्रिकेट स्वर्ण
पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसियाली खेलकुदको क्रिकेट स्वर्ण शनिबार, असोज १७, २०८३
विश्वकप लिग–२ खेल्न ओमान जाँदै नेपाल, टोली घोषणा
विश्वकप लिग–२ खेल्न ओमान जाँदै नेपाल, टोली घोषणा शुक्रबार, असोज १६, २०८३
एसियन गेम्स क्रिकेट : बंगलादेशलाई हराउँदै पाकिस्तान फाइनलमा
एसियन गेम्स क्रिकेट : बंगलादेशलाई हराउँदै पाकिस्तान फाइनलमा बिहीबार, असोज १५, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित)
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित) जितेन्द्र साह
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित)
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
पेस्तोल र गोलीसहित नेपाल छिर्न खोज्ने भारतीय नागरिक पक्राउ
पेस्तोल र गोलीसहित नेपाल छिर्न खोज्ने भारतीय नागरिक पक्राउ वीरगंज सिटी
लागुऔषध खैरो हेरोइनसहित चार जना पक्राउ
लागुऔषध खैरो हेरोइनसहित चार जना पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
भारतीय सवारी प्रवेशमा कडाइपछि दसौता–इनर्वामा स्थानीयको प्रदर्शन
भारतीय सवारी प्रवेशमा कडाइपछि दसौता–इनर्वामा स्थानीयको प्रदर्शन वीरगंज सिटी
चाडपर्व नजिकिँदै, वीरगंज नाकाबाट तेस्रो मुलुकको मदिरा आयात बढ्यो
चाडपर्व नजिकिँदै, वीरगंज नाकाबाट तेस्रो मुलुकको मदिरा आयात बढ्यो वीरगंज सिटी
लागुऔषध मुद्दाका फरार अभियुक्तसँग १० हजार घुस लिएको आरोप, इन्सपेक्टरसहित तीन प्रहरी तानिए
लागुऔषध मुद्दाका फरार अभियुक्तसँग १० हजार घुस लिएको आरोप, इन्सपेक्टरसहित तीन प्रहरी तानिए वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
वीरगंज यातायात कार्यालयमा सेवाग्राहीलाई सहज सेवा कि अझै लाइन र सास्ती ?
वीरगंज यातायात कार्यालयमा सेवाग्राहीलाई सहज सेवा कि अझै लाइन र सास्ती ? वीरगंज सिटी
नालीभित्र बिछ्याइएको पाइपबाट आएको पानी नागरिकले खाना पकाउन र दैनिक प्रयोजनमा प्रयोग गर्नु कत्तिको सुरक्षित छ ?
नालीभित्र बिछ्याइएको पाइपबाट आएको पानी नागरिकले खाना पकाउन र दैनिक प्रयोजनमा प्रयोग गर्नु कत्तिको सुरक्षित छ ? वीरगंज सिटी
उद्यमी मञ्च
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
नेपालको मुख्य लक्ष्य ओडीआई मान्यता जोगाउनु
नेपालको मुख्य लक्ष्य ओडीआई मान्यता जोगाउनु वीरगंज सिटी
कोल्हबीमा असोज २६ देखि नगरस्तरीय लिग फुटबल प्रतियोगिता हुने
कोल्हबीमा असोज २६ देखि नगरस्तरीय लिग फुटबल प्रतियोगिता हुने वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
गहवा माईको महिमा समेटिएको मनी सिंहको नयाँ भक्ति गीत ‘गहवा माई के जब होला सिंगार’ सार्वजनिक
गहवा माईको महिमा समेटिएको मनी सिंहको नयाँ भक्ति गीत ‘गहवा माई के जब होला सिंगार’ सार्वजनिक वीरगंज सिटी
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP