जनमत पार्टी जिल्ला समन्वय समिति पर्साले शहनवाज राकीलाई पार्टीको जिल्ला प्रवक्तामा नियुक्त गरेको छ।
पार्टीप्रति पुर्याएको योगदान, लगनशीलता र सक्रियताको मूल्याङ्कन गर्दै राकीलाई प्रवक्ताको जिम्मेवारी दिइएको जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले बताए ।
नवनियुक्त प्रवक्ता राकीले पार्टीका विचार, नीति तथा सार्वजनिक गतिविधिलाई आम जनमानस र सञ्चारमाध्यमसमक्ष आधिकारिक रूपमा सम्प्रेषण गर्ने जिम्मेवारी पाउनेछन्।
पार्टीले राकीले नयाँ जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।