वीरगंजमा पानी पर्न ठूलो बादल चाहिँदैन, तर सडक डुब्न भने हल्का वर्षा नै काफी छ !
बुधबार परेको सामान्य वर्षाले नै महानगरका केही सडकमा पानी जम्यो। सर्वसाधारणलाई आवतजावतमा सास्ती, सवारी चालकलाई जोखिम—तर जिम्मेवार निकायका लागि यो दृश्य आखिर कहिलेसम्म ‘सामान्य’?
प्रश्न वर्षा कति भयो भन्ने होइन, सामान्य वर्षामै पानी निकासको व्यवस्था किन असफल हुन्छ?
हरेक वर्ष यही समस्या दोहोरिन्छ, तर समाधान कहिले हुन्छ? वीरगंजलाई स्मार्ट सिटी बनाउने भाषण त धेरै सुनियो, अब सडकलाई पोखरी बन्नबाट रोक्ने काम कहिले हुन्छ?