युगाण्डामा जारी वुमन्स डे कप टी-२०आई प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले रोमाञ्चक जित निकालेको छ । नेपालले घरेलु टोली युगाण्डालाई १ विकेटले हराएको हो ।
युगाण्डाले दिएको ७६ रनको लक्ष्य नेपालले १ बल बाँकी छँदा ९ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि सना प्रवीनले १७ तथा पुजा महतोले १६ रन बनाइन् । युगाण्डाले दिएको ७६ रनको लक्ष्य नेपालल अन्तिम बलअघि ९ विके गुमाएर पूरा गर्यो । नेपालका लागि सना प्रवीनले १७ तथा पुजा महतोले १६ रन बनाइन् ।
अन्तिम ओभरमा नेपाललाई जितका लागि ६ रन आवश्यक थियो । पहिलो बल डट खेलेको नेपालले दोस्रो बलमा रिया शर्माले २ रन जोड्नि । तेस्रो बलमा पनि रियाले एक रन जोडिन् । चौथो बल डट नै हुँदा पाँचौं बलमा यशोदा विष्टले ३ रन लिँदै नेपाललाई जिततर्फ डोहोर्याइन् ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७५ रन जोडेको थियो ।युगान्डाका लागि इम्माकुलेट नाकिसुयीले २२ र स्टेफनी नाम्पिनाले १४ रन बनाए । बलिङतर्फ नेपालका लागि पूजा महताले तीन विकेट लिईन् । पूजाले चार ओभरम फ्याँक्दा १४ रन दिएर तीन विकेट लिँदा कप्तान इन्दू वर्माले दुई विकेट लिईन् ।